रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन (भिडियो सहित)

ताजा समाचार

हरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेको छन् । उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।

लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले प*क्राउ गरी चितवन ल्याएको छ । कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात १ बजे चितवन ल्याइएको हो । उनिहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । प्रहरी हिरासतमा उनिहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिनुभएको छ । आजै जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने उहाँले बताउनुभयो ।

यो पनि हेर्नुहोस -रबि लामिछाने नियन्त्रणमा लिए संगै उनकै नजिकको ओकिल स्वागत नेपालले भने रविको टिमलाइ घुमाउरो पाराले प्रहार गरेका छन।

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने र टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सोधपुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको हो ।

एता रबि लामिछाने नियन्त्रणमा लिए संगै उनकै नजिकको ओकिल स्वागत नेपालले भने रविको टिमलाइ घुमाउरो पाराले प्रहार गरेका छन।एक कठोर पत्रकार माथि कमजोर बनाउन केटि प्रयोग गरि फसाएको भन्दै छानबिनले सत्य के हो सबै देखाउने उनि बताउछन।प्लान गरि गरि म्यासेज समेत पाएको भन्दै उनले अब कोहि नचोखिने बताएका छन।हेरौ बाँकी भिडियोमै :

Leave a Reply

Your email address will not be published.