खोजी गरिएकी १५ बर्षिया किशोरीको शंका*स्पद श*व जङ्गलमा फेला,खोजीमा सघाउन बेलायत, आयरल्यान्ड र फ्रान्सका प्रहरीले पनि सहयोग गरेका

अन्तरास्ट्रिय

मलेसिया, २८ साउन – मलेसियाको जङ्गलमा दश दिनअघि बेपत्ता भएकी एक आइरिस किशोरीको श*व फेला परेको स्थानीय प्रहरीले जनाएको छ । ती किशोरीको खोजीमा मलेसियाली सैनिक, प्रहरी र अरु खोजकर्ता संलग्न भएका थिए ।

नोरा क्वोरिन नाम गरेकी १५ वर्षीया किशोरी गत अगष्ट ४ मा बेपत्ता भएकी थिइन् । उनी बेलायतबाट घुमघामका लागि मलेसिया आएकी थिइन् । परिवारका सदस्यले उनी अ*पहर*णमा परेको आशंका गरेका थिए, तर मलेसिया प्रहरीले बेपत्ता भएको भन्दै खोजी कार्य तिब्र बनाएको थियो ।

राजधानी क्वालालम्पुरबाट निकै टाढाको डुसुन रिसोर्ट नजिकको घना जंगलमा बेपत्ता भएको आशंकामा नोराको खोजी गरिएको थियो । तीनसय ५० जनाभन्दा बढी व्यक्ति उनको खोजीमा परिचालन गरिएका थिए । खोजीका क्रममा हेलिकप्टर, ड्रोन, तालिमप्राप्त कुकुर र गोताखोर प्रयोग गरिएको थियो ।

खोजीमा सघाउन बेलायत, आयरल्यान्ड र फ्रान्सका प्रहरीले पनि सहयोग गरेका थिए । विदेशमा बेपत्ता हुने बेलायतीको खोजीमा सहयोग गर्ने लुसी ब्ल्याकम्यान ट्रस्टले एक किशोरीको श*व जंगलमा फेला परेको जनाएको छ । तर त्यो श*व नोराकै हो भनिहाल्ने अवस्था नरहेको ट्रस्टको भनाई छ । उक्त ट्रस्टले थप विवरण दिन अस्वीकार गरेको छ ।

ट्रस्टले फेला परेको श*व परीक्षणका क्रममा रहेको जनाएको छ । परिवारका सदस्यहरुले नोरालाई फेला पार्ने व्यक्तिलाई ११ हजार ९०० अमेरिकी डलर दिने घोषणा पनि गरेका छन् । सानैदेखि मानसिक रुपमा स्वस्थ नरहेकी नोरा राम्रोसँग बोल्न र लेख्न सक्दिनन् । (रासस-एएफपी)

यो पनि हेर्नुहोस- सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी कामदारका रूपमा ‘उपयोग’काठमाडौं : सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी कामदारका रूपमा ‘उपयोग’ गरिरहेको भेटिएको छ। सशस्त्र प्रहरीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डीआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन्।उनीहरूले आपूm पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश पाएपछि पनि फर्काएका छैनन्। सशस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्व महानिरीक्षकले जनशक्ति दुरुपयोग गर्दै आएका छन्।सशस्त्र प्रहरी महानिरीक्षक अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सदस्य रहने परामर्श समितिले तयार पारेको ‘आन्तरिक नीति’ मा सेवा निवृत्त भएपछि उनीहरूको ‘सुरक्षार्थ’ प्रहरी जनशक्ति उपलब्ध गराउने परिपाटी छ। यो परिपाटीलाई निरन्तरता दिँदै घरायसी कामका लागि प्रहरी जनशक्ति घटाउने क्रम रोकिएको छैन।

‘आन्तरिक नीति’ मा सेवा निवृत्तपछि महानिरीक्षकले पाँच वर्षसम्मका लागि तीनजना, अतिरिक्त महानिरीक्षक (एआईजी) ले चार वर्षसम्म दुईजना र नायब महानिरीक्षकले तीन वर्षसम्म एकजना सुरक्षाकर्मी सहयोगी÷अंगरक्षकका रूपमा घरमा लैजाने पाउने व्यवस्था छ। तर, सेवा निवृत्त हुनुअघि नै उनीहरूले आपूmलाई चाहिने सुरक्षाकर्मी लैजाने र फिर्ता नगर्ने चलन छ। यी सबै सुरक्षाकर्मीलाई भात पकाउने, भाँडा माझ्ने, कपडा धुने, घर हेरचाह गर्ने, बगैंचा सफा गर्ने, कुकुर डुलाउनेलगायत काममा लगाइरहेको स्रोतले बतायो। परिचालित सुरक्षाकर्मीको सम्पूर्ण भरणपोषण राज्यले गर्दै आइरहेको छ। यसबाहेक उनीहरूले संगठनकै सवारीसाधन, चालक र इन्धन पनि प्रयोग गरिरहेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विकास थापा र सुवास गोतामेले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published.