सुनको मूल्य बढ्नुका कारण यस्ता छन्ः

ताजा समाचार

काठमाडौँ – सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको छ ।साताको पहिलो र दोस्रो दिन छापावाला सुन तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

मूल्य बढ्नुका कारण यस्ता छन्ः -चीन–अमेरिका व्यापार युद्ध -अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज -कमजोर सेयर बजार -जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता -अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध -जम्मु–कश्मीर विवाद । यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

यो पनि हेर्नुहोस-सुनसरीमा श्रीमतीको ह*त्या गरी श्रीमान् फरार
सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार ह*त्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको ह*त्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो ।घरायसी झ*गडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँ*टी थि*चेर ह*त्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो ।

घरमा कोही नभएको बेला प्रदीपले श्रीमतीलाई कु*टपि*ट गरेर ग*म्भीर घा*इते बनाएको र उपचारका लागि विराटनगर लगेकामा उपचारकै क्रममा आनन्दीको मृ*त्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो ।

ह*त्यामा संलग्न प्रदीप फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ह*त्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ । घ*टनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.