आज यी प्रदेशमाहरुमा सार्वजनिक बिदा

ताजा समाचार

रुपन्देही -मुस्लिम समुदायको प्रमुख चाड बकर इदका दिन सार्वजनिक विदा दिएको छ । आज प्रदेश ५ सरकारले बकर इद विदासम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रान्तिमा ९दुई दिन० तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदाको व्यबस्था गरेको छ ।

आज मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा सोमबार(आज) मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।यसै गरि आज प्रदेश २ ले पनि सार्वजनिक बिदा दिएको छ ।

यो पनि हेर्नुहोस -महिला हत्याको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउमहोत्तरी – महिला हत्याको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका २ का दशैं ठाकुर र वडा नं. ८ का राजकिशोर गिरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय गौशालाले सोमबार बिहान पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजानिक गरेको हो । गएकाे असार ५ गते रातिको समयमा गौशाला नगरपालिका १० की अन्जुकुमारी श्रेष्ठलाई धरिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

मृतक श्रेष्ठले प्रयाेग गरेकाे मोबाइल गिरीको घरबाट फेला परेकाे र त्यसैलाई आधार बनाएर अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशाेर आचार्यले जानकारी दिनुभयाे ।  पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको पनि उहाँले बताउनुभयाे । गौशाला बजारमा संचालित निर्धन उत्थान बैंकमा कार्यरत श्रेष्ठलाई रातिको समयमा उनकै घरमा चक्कु प्रहार गरि हत्या गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published.