आफ्नै ६ वर्षको कुकुरसँग बिहे गरेको कहानी निकै चर्चित

रोचक

मानिसका इच्छा-आकांक्षाहरु पनि विचित्रकै हुने गर्दछन् । अहिले ४९ वर्षकी पूर्व स्विमसूट मोडेल एलिजाबेथ होडले आफ्नै ६ वर्षको कुकुरसँग बिहे गरेको कहानी निकै चर्चित बनिरहेको छ ।

बेलायतको चर्चित टेलिभिजन शो ‘द मर्निङ्ग’ मा लाइभ प्रशारण गरिएको उनको बिहे समारोह विश्वका लाखौँ मानिसले हेर्न अवसर पाए । यसै कारण पनि उनको कुकुरसंग भएको विवाह समारोह बिशेष बन्न पुग्यो।

उनले यस उमेरसम्म २ सय जनाभन्दा धेरै पुरुषसँग डेट गरिसकेकी छिन् । मिडिया रिपोर्टहरुका अनुसार एलिजाबेथ आफ्नो जिवन कालमा कैयन् सेलिब्रेटीसँग अफेयरमा रहेकी थिईन् ।

यतिधेरै जनासँग सम्बन्ध राख्दा समेत आफ्नो मनले खाएको नपाएपछि आखिरमा उनले आफ्नै कुकुरसँग बिहे गरेकी हुन् । लाखौले हेरिसकेको भिडियोलाई ‘द मर्निङ्ग’ ले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा एलिजाबेथको उक्त बिहेको भिडियो शेयर गरेको हो।

कुकुरसँग बिहे गर्नुअघि अविवाहित नै रहेकी एलिजाबेथको आफ्नो पुरानो एकजना ब्वायफ्रेण्डसँगबाट एउटा छोरा पनि छ । उक्त छोराको उमेर नै २५ वर्ष पुगिसकेको छ । अब आफूलाई कुनै पनि पुरुषको आवश्यकता नरहेको भन्दै उनले आफ्नो लोग्ने कुकुरसँग नै बाँकी जिवन बिताउने बताएकी छिन्

यो पनि हेर्नुहोस -फोहोरको डंगुरमा भेटेको बच्चाको जन्मदिन मनाउदै (भिडियो हेर्नुस)

केहि समय अघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए। छिनमै खबर फैलियो। त्यसको सुइँको ‘नेपाल स्नेही काख’ नामक संस्थाले पनि पायो । र, बच्चाको अवस्था बुझ्न संस्थाको टोली पशुपति पुग्यो । डस्टबिनमा भेटिएको बालक करिब २० दिनका जस्ता देखिन्थे । ‘शरीर पूरै कालो बनेको थियो। रगत जमेजस्तो। आँखाबाहिरै निस्किएका थिए’, स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेलले भनिन् ।

मानसिक सन्तुलन बिग्रिएर सडकमा पुगेका व्यक्ति तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले डस्टबिनमा भेटिएका बालकको संरक्षण गर्न लियो । त्यति मात्र होइन, उनको नामकरण पनि गरिदियो— भविष्य ।

भाबिश्यको आज श्रीनेहाले जन्मदिन मनाएका छन । जन्मदिनमा स्नेही काखमै बस्ने अर्को बच्चाको पनि जन्मदिन मनाएका छन् । आफ्नो छोरालाई डसबिनमा भाटको बच्चा भन्दा चित्त दुख्ने श्री नेहा बताउछिन ।

हामीले स्नेही काखमै पुगेर गरेको कुराकानी तलको भिडियोमा हेर्नु होला

 

Leave a Reply

Your email address will not be published.