प्रियंकाको जन्मदिनको केकको मूल्य सार्वजनिक! कति हो त मुल्य ?

मनोरंजन

अभिनेत्री प्रियंका चोपडाले गएको १८ जुलाईमा आफ्नो ३७ औं जन्मदिन परिवारसँगै अमेरिकाकाे मायामीमा मनाएकी थिइन् । जन्मदिनको अवसरमा प्रियंकाले लगाएको रातो ड्रेसले सबैको ध्यान खिचेको थियो ।

प्रियंकाको तस्बिरका साथै उनको जन्मदिनको केकको पनि सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो । अहिले आएर प्रियंकाको जन्मदिनको केकको मूल्य सार्वजनिक भएको छ । जसको मूल्य निकै महङ्गो छ ।

Image result for प्रियंकाको जन्मदिनको केक

सञ्चारमाध्यमहरुका अनुसार प्रियंकाको जन्मदिनको केकको मूल्य ५ हजार अमेरिकी डलर अर्थात् झण्डै ५ लाख ५० हजार नेपाली रुपैयाँ पर्न आउँछ । प्रियंकाको जन्मदिनको केकलाई उनका श्रीमान निक जोनसले रातो र सुनौलो रंगले सजाउन सुभाव दिएका थिए । त्यो केक बनाउनका लागि २४ घण्टा लागेको थियो ।

‘डिभाइन डेलिकेसिज केक्स’ नामको बेकरीले तयार पारेको केकको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि पोस्ट गरिएको थियो । बेकरीले जेनिफर लोपेज, टम क्रुजजस्ता ग्लोबल स्टारका लागि पनि केक डिजाइन गरिसकेको छ । प्रियंकाको जन्मदिनको केकको मूल्य सार्वजनिक भएसँगै यतिबेला फेरि उनी चर्चामा आएकी छिन् ।

यो पनि हेर्नुहोस -भद्रगोल खेलेर भाइरल भएकी मुन्नीको पहिलो म्यूजिक भिडियो  शुभकामना सहित हेरौ उनि संग गरिएको यो बिशेष कुराकानी 

नेपाली हास्य टेलिसिरियल भद्रगोलकि मुन्नी पात्राले चिनिएकी प्रियाना आचार्यको पहिलो म्युजिक भिडियो सुटिङ्ग सम्पन्न भएको छ।शाहील खड्काले आवाज दिएको गीतमा मुन्निले अभिनय गरेपछि पहिलोपटक मिडियामा देखिएका छन।बले संग भद्रगोल टेलिसिरियलमा जोडी बनेकी मुन्निलाई सबैले रुचाए।

मुन्निको फ्यान एक्कासी बढेपछि उनलाई खोज्नेहरुको पनि लर्को लाग्न थालेको छ।थियटर देखि अभिनय यात्रा सुरु गरेकी मुन्नी अहिले भिडियो सम्म पुग्दा आफुले करोडौको माया पाएको उनको मुखबाट सुनिएको थियो।उनलाई शुभकामना सहित हेरौ उनि संग गरिएको यो बिशेष कुराकानी :

 

Leave a Reply

Your email address will not be published.