दुई वर्षिया बालिका सुम्निमा लिम्बु हराएको दुई दिनपछि सकुशल फेला,बालिकाकी आमाले भने नानी हराएको पीरमा वि*ष सेवन गरिन

ताजा समाचार

ताप्लेजुङ – ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की दुई वर्षिया बालिका सुम्निमा लिम्बु हराएको दुई दिनपछि सकुशल फेला परेकी छिन्। साउन १२ गते दिउँसो घरैबाट हराएकी लिम्बुलाई प्रहरीले नजिकैको जंगलमा मंगलबार फेला पारेको हो ।बालिकाका बाबुआमा काममा गएका थिए ।

बालिका हजुरबासँग घरमै बसेकी थिइन् । उनी कसरी जंगलमा पुगिन् भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी सञ्जय सिंह थापाले बताए । “घटनाको थप अनुसन्धान भइरहेको छ,” घटनास्थल पुगेका डिएसपी थापाले भने ।

उता बालिकाकी आमालाई भने नानी हराएको पीरमा वि*ष सेवन गरेकाले अस्पताल भर्ना गरिएको छ । खोजीमा निस्किएको थापा टोलीले घरबाट करिव एक किलोमिटरको दूरीमा रहेको खरबारीमा रोएर थाकेको अवस्थामा बालिका फेला पारेको थियो । थापाका अनुसार भेट्नासाथ स्थानीय स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गराइएको छ र स्वास्थ्यकर्मीले बालिकाको अवस्था सामान्य रहेको बताएका छन् ।

यो पनि हेर्नुहोस – साउदी अरबका महिलाले अब कुनै पनि पुरुष अभिभावकलाई नसोधी विदेश यात्रा गर्न पाउने 

एजेन्सी– साउदी अरबका महिलाले अब कुनै पनि पुरुष अभिभावकलाई नसोधी विदेश यात्रा गर्न पाउने भएका छन् । साउदीमा शुक्रबार आएको एक विधेयकका कारण यो सम्भव हुन लागेको हो ।

जारी गरिएको नयाँ नियमअनुसार २१ वर्षभन्दा माथिका महिलाले कुनै पुरुष अभिभावकको सहमति नलिइ पासपोर्ट बनाउन सक्नेछन् । उनीहरुले अब विदेश जानका लागि पनि घरका पुरुष सदस्यको मन्जुरी लिनु पर्दैन । अब यो विषयमा महिला र पुरुषबीच कुनै भेदभाव नहुने बताइएको छ ।

साउदीको शाही आदेशका अनुसार अब महिलालो आफ्ना बच्चाको जन्म, आफ्नो विवाह वा सम्बन्धविच्छेदबारे पनि दर्ता गर्न पाउने भएका छन् ।

त्यस्तै, अब साउदी अरबमा जागिरका लागि महिलालाई प्राथमिकता दिने पनि बताइएको छ । नयाँ नियमका अनुसार देशका सबै नागरिकलाई कुनै भेदभाव नगरी काममा लिनु पर्ने भएको छ ।

यसअघिसम्म साउदी अरबमा महिलाले विदेश यात्रा गर्न, पासपोर्ट बनाउन पुरुष अभिभावक (पति, पिता वा अन्य पुरुष नातेदार)को अनुमति लिनु पर्ने हुन्थ्यो ।

त्यसो त यसअघि साउदीका शासक राजकुमार मोहम्मद बिन सलमानले अरु केही सुधारका कार्यक्रम पनि घोषणा गरेका थिए । उनले महिलाले गाडी चलाउन नपाउने प्रतिबन्ध हटाएका थिए ।

सन् २०१६ मा उनले सन् २०३० सम्म देशको अर्थतन्त्र सुधार गर्ने योजना पनि घोषणा गरेका थिए । यसको उद्देश्य काम गर्ने महिलाको प्रतिशत २२ बाट बढाएर ३० पुर्याउने थियो ।

 

Leave a Reply

Your email address will not be published.