गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए

मनोरंजन

एजेन्सी । फिल्म क्षेत्रमा भएका कलाकारहरुको विभिन्न टिप्पणी हुने गर्छन । गोबिन्दा यस्ता नायक हुन् जसको ब्यक्तिगत जिवनका बारेमा त्यती धेरै टिप्पणी भएन । उनले आफ्नो अभिनयले भारतीय फिल्मी क्षेत्रमा आफ्नो छुट्टै छाप छोडेका छने ।

कमेडी अभिनय उनको सबैले मनपराउने कलाकारिता हो । डान्स पनि उनी बबाल गर्छन । ९० को दशकपछि गोबिनदाले कमेडी जनरलाई नयाँ उचाई दिएको र फिल्मनिर्माताले उनकै कारण यसलाई गम्भीरतापूर्वक लिन सुरु गरेको बताइन्छ ।

ब्यक्तिगत जिवनका बारेमा त्यती गसिप हुने गोबिन्दाले हालै आफ्नो विवाहका बारेमा नयाँ खुलासा गरेका छन् । गोबिन्दा हालै भारतीय टिभी शो आपकी अदालतमा उपस्थित भएका उनले आफ्नो विवाहका बारेमा नयाँ रोचक कुरा खुलासा गरेका हुन् ।

उनले आफ्नै श्रीमनतीसंग दोस्रो पटक विवाह गरेको खुलाएका छन् । उनले त्यसो गर्दा निकै चर्चा भएको थियो ।

आफ्नी श्रीमती सुनितासँग दोस्रो पटक विवाह गरेका उनका बारेमा निकै चर्चा भएको थियो । कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए । उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको थिएा । ’

उनले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरेका हुन् । गोबिन्दाले आफ्नी श्रीमती सुनितासँगको भेटलाई याद गर्दै भनेका थिए, ‘म सुनितासँग एउटा पार्टीबाट फर्किरहेको थिएँ ।

उनको हात मेरो हातसँग छोइएको थियो तर हामी दुबैले हात हटाएनौं । यसरी नै हाम्रो सम्बन्धको सुरुवात भयो ।’ गोबिन्दाले आफ्नो करियरका कारण विवाहलाई चार वर्षसम्म लुकाएर राखेका थिए ।

Leave a Reply

Your email address will not be published.