झापाको दमकमा युवाको समूहबीच झग*डा हुँदा एक जनाको मृ*त्यु भएको छ भने दुई जना घाइ*ते,मृ*तकका बुवा,आफन्त,स्थानीय र साथीहरुले बताए झ*गडा हुनुको मुख्य कारण, (हेर्नुहोस् भिडियो सहित )

ताजा समाचार

झापा । झापाको दमकमा रहेको दुर्गा मन्दिर छेउमा युवाको समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मृत्यु हुनेमा दमक-२ का १८ वर्षीय विक्रम लिम्बू छन् । घटनामा दमक ३, बेलडाँगीका सरोज भण्डारी र दमक ३ का सुजन भुजी घाइते छन् ।

भण्डारीलाई थप उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटल पठाइएको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको झापाका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

बुधबार अपरान्ह भएको घटनामा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘घटनाको एक घण्टा नवित्दै उनीहरूलाई समातेका हौँ’, मैनालीले भने ।सामान्य विषयलाई लिएर विवाद भएको बताइए पनि विस्तृत खुलिसकेको छैन ।

झडप के कारणले भएको हो भन्ने बिषयमा अझ स्पष्ट कारण खुलेको छैन तल उनका साथी तथा मृतकका छिमेकि संग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्ः

यो पनि हेर्नुहोस्ः

डेविडफल्स मुनी खोल्सामा खसेका १६ वर्षीय सुनारको ३ दिन पछि यस्तो अबस्थामा उद्धार ! (भिडियो सहित) पोखरा १७ छोरेपाटनका १६ वर्षीय अञ्जन सुनारले दोस्रो जिवन पाएका छन् । सुनार अस्ति मंगलबार छोरेपाटन स्थित डेविडफल्स र फुस्रेखोलाको दोभानबीच अनकन्टार खोल्सामा खसेको आज मात्रै अरुले थाहा पाएका थिए ।

मंगलबार एक्लै माछा मार्ने भन्दै खोल्सामा पुगेको अञ्जनको ढाँडमा समस्या आएपछि तल खसेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

‘खोँच टाइपको छ । ढाँडमा समस्या आएछ, त्यसपछि शरीररको तल्लो भाग चलेन । अनि खोचमा खस्यो । खोलाको आवाज पनि ठूलो भएकाले त्यहाँ कसैले पत्तै पाएन । त्यहाँ मान्छे गईरहने ठाउँ पनि हैन ।’

उनले भने– ‘बल्ल आज दिउँसो १ बजेतिर माछा मार्न गएको मान्छेले देखेछ र हामीलाई खबर गरे । अनि उद्धार गरेका हौं ।’ उनको आमा पनि पोखरा बाहिर रहेको र घरमा कोहि पनि नभएकाले अञ्जन दुई दिनसम्म कहाँ गयो भनेर कसैले पनि वास्ता नगरेको डिएसपी शाहको भनाई छ । प्रहरीले थाहा पाउना साथ उद्धार गरेको उनले बताए । हेर्नुहोस् भिडियोः

Leave a Reply

Your email address will not be published.