‘रअ’ का प्रमुख समान्तकुमार गोयललाई भेट गरेको भन्दै समाचार आएपछि त्यसको खण्डन गरेका छन् पूर्वराजा ज्ञानेन्द्र शाहले

ताजा समाचार

काठमाडौं, १० साउन । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयललाई भेट गरेको भन्दै समाचार आएपछि त्यसको खण्डन गरेका छन् ।

पूर्वराजाले आफुले गोयलसँग भेट नगरेको स्पष्ट पारेका छन् । रअ का प्रमुख गोयल नेपालमा छँदा केही राजनीतिक दलका मुख्य नेता तथा पूर्वराजालाई पनि भेटेको भन्दै समाचार आएको थियो । गोयल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवासमै पुगेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रले पनि मध्यरातमा रअ का प्रमुख गायललाई भेट गरेको भन्दै समाचार बाहिरिएको थियो । पूर्वराजा ज्ञानेन्द्रका सहयोगी डा फणिराज पाठकले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै सो समाचारको खण्डन गरेका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्रको ‘रअ’ प्रमुखसँग भेट नभएको स्पष्ट पारेका हुन्।उनले केही अनलाइनले पूर्वराजा ज्ञानेन्द्रले मध्यरातमा ‘रअ’ प्रमुखसँग भेट गरेको भन्दै समाचार प्रकाशित गरेकोप्रति आपत्ति जनाउँदै भेट नभएको दाबी गरेका हुन्।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाइन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु’, पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,

‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु।’

यो पनि हेर्नुहोस 

नेपाल र भारतका प्रधानमन्त्रीले आआफ्नो देशबाट स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नेे

१० साउन, काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन साउन महिनामै गरिने भएको छ । यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन हो ।

नेपाल र भारतका प्रधानमन्त्रीले आआफ्नो देशबाट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्नेे उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

पाइपलाइनको उद्घाटन अगाबै सुरक्षा र जाँचपासको यथोचित व्यवस्था छिटो सकाउन भारतीय पक्षले गरेको आग्रहपछि वाणिज्य मन्त्रालयले विभिन्न मन्त्रालयलाई समन्वयको लागि पत्र लेखेको छ ।

पाइपलाइनको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई पत्र पठाइएको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताईन् । यसैगरी अन्य आवश्यक तयारी गर्न गुणस्तर तथा नाप तौल विभाग र नेपाल आयल निगमलाई पत्र पठाईएको उनले जानकारी दिइन् ।

उता भारतले भने आफ्नो भूमितर्फको पेट्रोलियम पाईपलाईन सुरक्षा प्रबन्ध सुरु गरिसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । भारतको तेल उद्योग सुरक्षा निर्देशनालय (ओइएस आईडी) एवं पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठन पीईएसओबाट सुरक्षा जाँचपासका साथै पेट्रोलियम पाईपलाईन सञ्चालनको सहमति प्राप्त गरिसकेको दूतावासको भनाइ छ । भारतले आफ्नो क्षेत्रको पाइपलाइनको सुरक्षा रेखदेख ड्रोन क्यामेरामार्फत गर्ने बताएको छ ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनको साउन २ गते सफल परिक्षण सम्पन्न भएको थियो । पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.