एनसेलमा लगानी गरेको एक्जिएटाका कर्मचारी नक्कली डलरको कारोबारी, मध्यरातमा काठमाडौं विमानस्थलबाट पक्राउ

ताजा समाचार

काठमाडौं । प्रहरीले एक्जिएटा मलेसियाको हेड अफ इन्टरनल अडिट पदमा कार्यरत एक जना कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । भिसा दस्तुर तिर्न नक्कली अमेरिकी डलर दिएको आरोपमा विमानस्थल प्रहरीले ४६ वर्षीय रुवेन दास अरुल दासलाई पक्राउ गरेको हो ।

मालिदो एयरको उडान नम्बर ओडी १८४ बाट काठमाडौं आएका उनलाई सोमबार राति पक्राउ गरी गौशाला प्रहरीको हिरासतमा राखिएको छ ।

विमानस्थल प्रहरीका एसएसपी सन्दिप भण्डारीका अनुसार, भिसा दस्तुर बुझाउने क्रममा उनले दिएको एक सय अमेरिकी डलर नक्कली भएको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको हो । मलेसियाको एक्जिएटाले नेपालको एनसेलमा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published.