घाम पानी नभनी ११ लाख लिएर शिशिर भण्डारी बिनोद रानाभाटको घर पुगे ! (भिडियो हेर्नुस)

ताजा समाचार

काठमाडौं (शिशिर भण्डारी)– घाम पानी नभनी अहोरात्र सामाजिक सेवामा लाग्दै दुखी, पिडित र सँकटमा रहेका नेपालीहरुको पिडालाई कम गर्ने युटुब च्यानल नयाँ नयाँ न्युज नेपाल मार्फत् हाम्रो प्रयाश सधैं अघि बढिरहेछ ।

बिनोद रानाभाट सहयोग अभियानमा निरन्तर बर्षाको वास्ता नगर्दै तपाई महान सहयोगीहरुले पठाउनु भएको ११ लाख ३४ हजार ९ सय ९७ रुपैंया सहयोग लिएर हामी भरतपुर १५, बिष्णुपुरमा रहेको बिनोदको घरमा फेरी पुग्यौं ।

आँशुमा डुबेको यो परिवारमा छोरासँगै खुशी फर्केला कि भन्ने आशा बाँच्दै थियो । सहयोग लिएर बिनोदको आमाले आफु बर्षौपछि खुशी हुन थालेको बताउँदा, बुवाले छोरा फर्कने दिन कुरिरहेको छु भन्दा र “हजुरआमा पहिलो तलबले हजुरको दाँत बनाउन पैसा पठाईदिन्छु है”

भनेको नाती ३० महिनादेखि जेलमा थुनिदा हरेक दिन रोईरहनुभएकी ७० नाघ्नुभएकी हजुरआमाले तपाईहरु भगवान भएर आउनु भयो भन्दै रुदै मनैदेखि आशिष दिदाँको पल बिर्सन नसकिने थियो । सम्पुर्ण सहयोगीहरुलाई मनैदेखि सम्मान र नमन । हजुरहरुको बिश्वास नतोड्दै अझै यस्तै राम्रा कामहरु गर्दै जानेछौं । हस्तान्तरण गरिएको रकम आजै समितिको खातामा जम्मा भैसकेको छ ।

यो पनि हेर्नुहोस 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक अनिल झाले भारतका कारण नेपालमा डुबान नभएको, यसरी गर्जिए (भिडियो सहित)

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक अनिल झाले भारतका कारण नेपालमा डुबान नभएको बताएका छन्। शनिबार रिपोर्टर्स क्लबमा बोल्दै झाले भने भारतले आफ्नो सुरक्षाको लागी बाध बनाएको छ

हामीले हाम्रो सुरक्षाको लागी बाँध भत्काउछौ हामी बाँध मर्मत गर्दैनौ त्यो त् हाम्रो सरकारको कमजोरी हो हामीले आफ्नो बच्चालाई स्कुल पठाउदैनौ अनि छिमेकीलाई सराप्छौ आफ्नो बच्चालाई आफै आफ्नो नागरीकलाई आफ्नो देशलाई सम्बन्धित सरकारले हेर्ने हो नेपालले पनि बाँध बनाउन सक्छ।

तराई भएको डुबान नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाउदै झाले आफुले गर्नुपर्ने काम नगर्ने र भारतलाई गाली गर्ने भारतले आफ्ना जनताको सुरक्षाका लागि बाँध बाँधेको भन्दै नेपालले पनि किन बाँध नबाँधेको भन्दै प्रश्न गरे । झाले भारतलाई सराप्नु बेकारको कुरा भएको टिप्पणी गरे ।

झाले काठमाडौँ यसो भनिरहँदा मधेसमा भने भारतले सिमानामै बाँध बाँधेको कारण नेपाली भूमि डुबानमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा ‘इण्डिया गो ब्याक’ भन्ने अभियान नै चलिरहेको छ ।

हेर्नुहोस सो कार्यक्रममा झाले गरेको सम्बोधनको भिडियो

Leave a Reply

Your email address will not be published.