कसरी भयो रक्सि को उत्पति ? हजारौं वर्ष पहिला यसको काम बारेमा कसरी थाहा भयो होला ? हेर्नुहोस उत्पति कसरि भयो

रोचक

नुरराज कँडेल (नवराज)

अल्कोहलको उत्पत्ति यसै समयमा भयो भन्ने लिखित दस्तावेज नभए पनि ढुंगे युगको अन्त्यतिर लगभग १२ हजार वर्ष पहिला घरेलु स्तरबाट शुरु भएको मानिन्छ । त्यसबेला सडाउने प्रक्रिया (Fermented) द्वारा आफूसँग भएका अन्नबाट अल्कोहल उत्पादन गरी सामाजिक, पारिवारिक रुपमा प्रयोग गर्न थालियो । इजिप्टको सभ्यताबाट अल्कोहल उत्पादन र सेवन गर्न थालेको इतिहास पाइन्छ । चिनमा करिब नौ हजार वर्ष पहिलादेखि र त्यसकै सेरोफेरोमा भारत र फारस, युरोप, अमेरिकामा अल्कोहलको प्रचलन शुरु भएको मानिन्छ । चिन लगायत कतिपय ठाउँमा औषधिको लागि यसको प्रयोग गरिन्थो भने कतिपय देशमा नसाका लागि ।

कसरी बन्छ अल्कोहल  ?

Making  Alcohal by the action of yeast and sugar producing ethyl alcohol, Carbon dioxide and water.

यस भनाईले अल्कोहल बन्नका लागि कच्चा पदार्थमा चिनिको मात्रा र खमिर (Yeast) हुनु जरुरी हुन्छ त्यस पछि अल्कोहलमा परिणत हुन्छ, यो विण्वन वा सडाउने (Fermentation) प्रक्रियामा आधारित हुन्छ । जसको कारण कच्चा पदार्थ अल्कोहल, पानी र ग्यास (Carbodioxide) मा परिणत हुन्छ, जस्तै जाँड, तोम्बा, वारली, (वियरको कच्चा पदार्थ) छ्याङ आदि पर्दछन्  । जब चिनिको मात्रा भएको कच्चा पदार्थमा इष्ट राखिन्छ तब त्यसले केहि दिन भित्र त्यस सामग्रीलाई फेरि सडाएर अल्कोहलमा (Fermantable Alcohol)  मा परिणत गरी  पानी र कार्वन्डाइ अक्साइड ग्यास उत्पादन गर्दछ । यस प्रक्रिया सात दिनभित्रनै सम्पन्न हुन्छ भने आजको आधाुनिकीकरण, गुणस्तर , मापदण्ड र ब्राण्डको कारण कम्पनीहरुले  फेरबदल गर्न सक्दछन् ।

खमिर वा इष्ट (yeast) भनेको के हो ?

Micro Organism used in Fermentation

यो आधुनिक परिभाषा हो । इष्ट एक प्रकारको झारबाट बनाइन्छ, जसलाई चलनचल्तिको भाषामा खमिर भनिन्छ भने बजारमा खुला किन्न पनि पाइन्छ र  बेकरी उद्योग लगायतमा रोटी फुलाउन पनि यसको प्रयोग गरिन्छ ।

हजारौं वर्ष पहिला यसको काम बारेमा कसरी थाहा भयो होला ?

यस्तो अनुमान गर्न सकिन्छ,  मानव सभ्यतामा सामूहिक खानपिन, बसोबास  संयुक्त रुपमा गर्न थालेको र अल्कोहलको आविस्कार भएको लगभग एउटै समय भएको अनुसन्धानले देखाउँछ । त्यस बखत खानपिनको आधुनिक प्रविधि थिएन, बाँकी बचेको खाना अलग राख्ने ठाउँ पनि थिएन । एकल परिवारको वा सामूहिक बसोबासमा खाना बनाई २–४ दिनलाई पुग्ने गरी तयार गर्न थालियो किनकि सधैं आवश्यक खाना उपलब्ध गराउन गाह्रो हुन्थ्यो । जति बेला खानाको जोरजाम हुन्थ्यो त्यतिबेला सबै खाना तयारै गरेर राखिन्थ्यो । कुनै बेला खाना सकिन्थ्यो भने कोही बेला निकै बढी हुन्थ्यो । त्यो खाना धेरै दिन लगाएर खान थाले । कालान्तरमा त्यस खाना जाँडमा परिणत भयो ।

खानाका सबै परिकार एकै ठाउँमा मिसाएर लामो समयसम्म राख्दा खमिरको केही अंश वा मर्चा (बनस्पति) त्यसमा मिसिएको भए पनि जाँडमा परिणत गराइदिन्छ । प्राय फलफुलमा इष्टको मात्रा आफैंमा हुन्छ बाहिरी इष्ट राख्नु पर्दैन । जस्तै अंगुरको दानामा देखिने सेता कणहरु इष्ट हो र अंगुरबाट बनाइने अल्कोहलमा थप इष्ट राख्नु पर्दैन । त्यतिबेला त्यस लगायत मिल्दाजुल्दा जंगली फलहरु मिसाइन्थ्यो होला नजान्दा नजान्दै अल्कोहलमा परिणत हुन्थ्यो । यसको नसा, स्वाद परेपछि विस्तारै देखासिकी गर्ने र अनेक प्रयोग गर्ने गरेको अनुमान गरिन्छ ।

व्यवसायिक सुरुआत

आजभन्दा तीन हजार वर्ष पहिलादेखि चिनलगायतका देशबाट अल्कोहलको उत्पादन र बिक्री वितरण व्यवासयिक रुपमा शुरु गरिएका आधारहरु पाइन्छन् । हजारौं वर्ष पारिवारिक र ऐतिहासिक रुपमा उत्पादन र उपभोग गरिएको यस पेय धेरै समयको अन्तरालमा व्यवसायिक बन्न पुग्यो भने उत्पादन प्रक्रिया पनि विकसित हुँदै गयो ।

त्यस समयको विकसित रुप

अल्कोहलको विकसित स्वरुप भनेको वाष्पिकरण (Distilation) प्रक्रिया हो । यस प्रक्रियामा सडाइएको अल्कोहलयुक्त अर्धठोस पदार्थलाई तापक्रमको माध्यमले स्पिरिटमा परिणत गरिन्छ र अल्कोहलको मात्रा स्तर कायम गरि बिक्रीवितरण गरिन्छ । बेबिलोनबाट विकसित यस प्रकृति आजभन्दा ४७०० वर्ष पहिला व्यवस्थित रुपमा उत्पादन र बिक्री वितरण गर्न थालिएको पाइन्छ । जेहोस् डिस्टिल अल्कोहल सामान्य तरिकाले पाँच हजार वर्ष पहिलादेखि प्रचलनमा आए पनि तीन हजार वर्ष पहिलादेखि व्यवस्थित गरिएको पाइन्छ र यो क्रमशः संसारभर फैलियो र अमेरिकातिर प्रविधिको प्रवेश भयो । यद्यपि अमेरिकानै पछि कोलम्बसले पत्ता लगाए पनि त्यहाँ एउटा सभ्यताको विकास भैसकेको थियो । र, अल्कोहललाई पनि व्यवस्थित र व्यवसायिक रुप दिइसकेका थिए ।

त्यसपछिको आधुनिक स्वरुप

प्राय  धेरै प्रकारका मदिराहरु विरामीको उपचारको लागि आविस्कार भएको देखिन्छ । जस्तै सोह्रौ शताब्दीतिर नेदरल्याण्ड विश्वविद्यालयका प्राध्यापक तथा फिजिसियनले मृगौलाको उपचारका लागि जुनिपर वेरी भन्ने झारबाट जिन अािवस्कार गरेका थिए । पेटका विरामीहरुमा वा अपच हुँदा निश्चित मात्रा दिएर ठिक पार्ने लिकोरको आविस्कार गरियो यो पनि १६आंै शताब्दीतिरकै कुरा हो । विश्व बजारमा बढी सोध-खोज पूर्ण तरिकाले अल्कोहललाई लिइएको १२औं शताब्दीदेखि पाइन्छ ।

त्यसपछि एकै नामका धेरै थरिका उत्पादन भए र व्यवसायिकरण गरियो । ह्विस्की, ब्राण्डी, रम, भोड्का, जिन, लिकोर, टकिला, बियर, वाइनहरु विभिन्न स्तर, क्षमता, विशेषताहरुमा उपलब्ध हुन थाले र यसको सेवन विधि, मात्रा र असरहरुको पनि निर्धारण गरियो । यसरी भोड्का पोल्याण्ड, रसिया हुँदै, रम क्यारेवियन क्षेत्र हुँदै दक्षिण अमेरिका, अस्ट्रेलिया हुँदै ह्विस्की आयरल्याण्ड, स्कटल्याण्ड हुँदै, लिकोर हल्याण्डबाट संसार भरी फैलीया ।, यसैगरी सबै प्रकारका अल्कोहलको इतिहास फरक फरक पाइन्छ ।

अल्कोहलहरु धेरै प्रकारका हुन्छन् । पिइने प्राय अल्कोहललाई इथायल वा इथानोल भनिन्छ भने अन्य अल्कोहलहरु पिउनेबाहेकका क्रियाकलापमा प्रयोग गरिन्छ । अल्कोहल जुन भए पनि प्रकृति एउटै हुन्छ भने असर फरक फरक देखिन्छ । समय समयमा नक्कली रक्सीको कारण यतिजनाको मृत्यु, यतिजना अस्पताल भर्ना, अवस्था चिन्ताजनक भनेर सञ्चारमाध्यमहरुमा देखिने र सुनिने गरेका घटना अब नौला रहेनन् । सर्वप्रथम इथानोलयुक्त अल्कोहलको निश्चित मात्राको सेवनलाई मात्र हाम्रो शरीरको सम्पूर्ण प्रणालीले ग्रहण गर्न सक्छ वा पचाउन सक्छ र बढी भएमा त्यसले दीर्घकालीन रुपमा नकारात्मक असर पार्दछ ।

निश्चित मात्रा भनेको कति हो ? कौतुहलताको विषय हुन सक्छ । निश्चि मात्रा भनेको वाष्पिकरण (Distillation) प्रक्रियाबाट बनाइएको भए दुई पेग, किण्वन (Fermented) प्रविधिबाट बनाइएको वाइन भए एक ग्लास २०० मिलिलिटर, बियर भए ४०० मिलिलिटर वा ठिक्कको दुई गिलास हो ।

यहाँ पेग भनेको आधिकारीक मापदण्ड जे भए पनि बुझाई फरक छ । खासमा पेग भनेको ६० मिलिलिटर हुन्छ भने आधा पेग भनेको ३० मिलिलिटर हो । पहिले ४५ मिलिलाई पेग भनिन्थ्यो भने आजभोलि चिकित्सकहरुले ३० मिलिलिटरलाई पेग मान्ने गरेका छन्  । अब गिलासको कुरामा प्रत्येक फरक रक्सीको गिलास पनि फरक फरक आकारका हुन्छन् जबकि ३० मिलिलिटर देखि ५०० मिलिलिटरसम्मका गिलास हुन्छन् भन्ने बुझ्न जरुरी छ । नेपाली बजारमा ३० मिलिलिटरदेखि ३०० मिलिलिटरसम्मका गिलास बढी चलेका छन् ।

त्यो पनि अल्कोहलको प्रकृतिअनुसार फरक पर्दछ । जसमा लिकोर ३० मिलिलिटर, टकिला ३० देखि ४५ मिलिलिटर, ह्विस्की, रम, ब्राण्डी, भोड्का, जीन, ६० देखि ९० मिलिलटर, वाइन १४० मिलिलिटर, वियर २५० देखि ३०० मिलिलिटर वा केही थपघटको आकारमा पनि हुनसक्छ । किनभने अल्कोहलको बनाइने प्रक्रिया, त्यसमा निहित अल्कोहलको प्रतिशतले नै ग्लास र मापदण्डलाई भरथेग गर्दछ ।

इथाइल बाहेकको अल्कोहल के हो ?

पानीजस्तो देखिने, गन्धरहित, वास्पिकरण (Distilled) प्रक्रियाबाट बनाइने सबै प्रकारका अल्कोहललाई स्पिरिट (Spirit) भनिन्छ । मिथानोल आवश्यकताले र बनाउने प्रक्रिया नमिलेर बन्दछ । जस्तै व्यवसायिक रुपमा पिउनबाहेक प्रयोग गरिने आवश्यकताअनुसार उत्पादन गरिन्छ भने पिउनलाई इथानोल बनाउन खोज्दा, त्यसलाई बढी व्यवसायिक गरिन खोज्दा मिथानोल अल्कोहल बन्दछ र उत्पादकलाई पनि थाहा नहुन सक्छ किनकि पिइँदा कुनै पनि अल्कोहलले नसा दिन्छ मात्र फरक भनेको स्वास्थ्यमा कति असर पार्दछ भन्ने प्रमुख कारण हो ।

सिमित मात्राको इथानोलको खास बढी असर नभए पनि त्यसबाहेक व मिथाइल/मिथानोल अल्कोहलयुक्त सेवन गरेमा मानव शरीरमा गम्भीर असर पार्दछ । त्यसले एउटा सिस्टम नै वा शरीरको प्रणाली ड्यामेज गरिदिन वा मृत्युको मुखमा पु¥याउनसक्छ । त्यस्ता अल्कोहलका कारणले मृर्गौला फेल, हर्ट स्ट्रोक, बेहोस, कोमा, मृत्यु यसका असर हुन् । त्यसैले विश्वसनीय, स्तरयुक्त अल्कोहलको निश्चित मात्राको सेवनले सुरक्षित रहन सकिन्छ ।

के मिथाइल अल्कोहल (घरेलु प्रविधि) का स्पिरिटमा मात्र हुन्छ ?

प्रायः घरेलुस्तरमा उत्पादित मदिराजन्य पदार्थमा मिथानोल हुने सम्भावना अत्यधिक हुन्छ तर केही प्रकारका अनुमतिप्राप्त वाइनमा पनि यसको मात्रा केही  हुनसक्छ । तर वाइनको मिथाइलले धेरै असर गर्न सक्दैन किनकि न्युन मात्रामा रहन्छ ।

वाइनमा मिथानोल भएको कसरी थाहा पाउने ?

यसअन्तर्गत खाद्य सुरक्षाका लागि ल्याव परीक्षण गर्न सकिन्छ, त्यो सम्भव नभए वाइन वा कुनै अल्कोहलजन्य पेय पिएर (ठिक्क मात्रा) टाउको दुख्ने, अप्ठ्यारो हुने, वाकवाकी लाग्ने भएमा मिथानोल छ भन्ने बुझ्नु पर्दछ ।

त्यसो भए अन्य अल्कोहलको सेवनले टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट बाउडिने कसरी हुन्छ ?

आफ्नो शरीरको क्षमताभन्दा बढी अल्कोहल सेवन गरे, त्यसको साथमा सन्तुलित खाना नभए, फ्राइ र तारेको खाना जसमा मासुको मात्रा बढी भए वा रक्सी मात्र खाने खाद्य पदार्थ नखाने गर्दा समस्या हुन्छ । जसले शरीरमा चिनिको मात्रा घट्ने, बढ्ने, चिल्लो (लिपिट प्रोफाइल) बढ्ने, एकदमै कमजोरी महसुस हुने समस्या तत्काल देखिन्छ ।

Leave a Reply

Your email address will not be published.