मकवानपुरको भीमफेदी दमारका २६ जना पहिरोको बीचमा फसिरहेका

ताजा समाचार

मकवानपुर – मकवानपुरको भीमफेदी गाउंँपालिका वडा नम्बर–५, माथिल्लो दमारका २६ जना पहिरोको बीचमा फसिरहेका छन् ।

लगातार परेको पानीले घर वरिपरिबाट पहिरो गएको र पहिरोको बीचमा पाँच घरका २६ जना उद्धारको पर्खाइमा रहेका छन् । उनीहरुको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । स्थानीय सोमबहादुर घलान लगायतका ५ जनाको घर परिवारका २६ जना सदस्य जोखिमयुक्त ठाउँमा रहेका छन् ।

दमारमा सिमेन्ट उद्योगले वातावरणीय मापदण्डविपरीत खानी उत्खनन् गरेका कारण पहिरोको जोखिम बढेको हो । गाउँपालिकाले महिनाँ लगाएर निर्माण गरेका नयाँ बाटोका ट्रयाक तथा पूर्वाधार सडकका कारण पनि गाउँमा धेरै पहिरोको जोखिम बढेको छ ।

कोगटे, इपा, भीमफेदी दमार, सुपिङ्ग, ज्यामिरे, माण्डौ, धोरसिङ्ग र जुडिखेतमा समेत भारी वर्षाले सडकमा पहिरो गएको

यो पनि हेर्नुहोस 

रौतहटमा बागमती र लालबकैया नदीमा बाढी आउँदा एक दर्जनभन्दा बढी बस्ती डुबानमा 

रौतहट – रौतहटमा बागमती र लालबकैया नदीमा बाढी आउँदा एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन् । लालबकैयाको कटहरियामा र बागमतीको पूर्वतिरको बाँध भत्किँदा बस्तीमा पानी पसेको हो ।

लालबकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहालगायतका गाउँ जोखिममा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बताउनुभयो । नदी नियन्त्रण टोली ठाउँठाउँमा खटिएको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै बागमती नदीको बाढीले गढीमाई, लक्ष्मीपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ जोखिममा परेका छन् । रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बाँध भत्केको ठाउँमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

यस्तै चाँदी खोलामा आएको बाढीको कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहट खण्ड अवरुद्ध भएको छ । ठूला गाडी चले पनि साना गाडी चल्न सकेका छैनन् । सदरमुकाम गौरका सरकारी कार्यालय पनि डुबानमा परेका छन् ।

 

Leave a Reply

Your email address will not be published.