अमेरिकाको वासिङ्टन डिसीमा अचानक आएको बाढीले जनजीवन प्रभावित (फोटो फिचर सहित)

अन्तरास्ट्रिय

अमेरिकाको वासिङ्टन डिसीमा अचानक आएको बाढीले जनजीवन प्रभावित पारेको छ। बाढीले सहर डुवानमा परेपछि आवतजावत गरिरहेकाहरु जोखिममा परेका थिए। ठूलो वर्षासहित आएको बाढीले कतिपय ठाउँमा सडक अबरुद्ध भएको थियो भने चालक बीच बाटोमै फसेका थिए। भूमिगत रेलमार्गमा डुवानको स्थिति देखिएको थियो।

अन्डरपास गर्ने मार्गहरुमा २ मिटरसम्म पानी जमेपछि केही चालकलाई उद्धार गरेर बाहिर निकालिएको अधिकारीहरुले जनाएका छन्। बाढीका कारण राष्ट्रपति कार्यालय ह्वाइट हाउससमेत प्रभावित बनेको थियो।

नेसनल आर्काइभ्स भवनमा पानी परेपछि बिजुली आपूर्ति अवरुद्ध भएको थियो। तर त्यहाँ राखिएका ऐतिहासिक अभिलेखहरु भने सुरक्षित रहेको बताइएको छ। मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ। प्रहरीले मानिसलाई बाढी पसेका सडकमा नआउन सचेत गराएको छ।

अमेरिकामा भुकम्प पछि फेरी बाढी डु*ब्यो

यो पनि हेर्नुहोस 

कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको ह*त्या

दैलेख, असार २४ । कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको ह*त्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले ज*न्मकैदको फैसला सुनाएको छ ।

नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काई ह*त्या गरेका थिए । बालारामले आक्रमण गरी घाइते बनाएकी २४ वर्षीया कौशिला नेपालीको समेत ज्या*न मा*र्न खोजेको भन्ने कसूरमा अदालतले दुई वर्ष कैद र २० हजार जरिवाना भएको बताइएको छ ।

दैलेख जिल्ला अदालतका जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट सोमबार फैसला भएको हो । मुुलुकी अपराधसंहिता २०७४ को दफा ४१ (क) तथा दफा १७७ (१)को कसूरमा दफा १७७ (२) तथा सोही संहिताको दफा ४१ बमोजिम जन्मकैद र ज्या*न मा*र्ने उद्योगतर्फ सोही संहिताको दफा १८३ (१)को कसूरमा सोही दफा १८३ (२) दुई वर्ष कैद र रु २० हजार जरिवाना भएको जनाइएको छ ।

घरायसी विवादमा रुखमा गएर नाम्लोले पासो लगाउन खोजेका बालारामलाई त्यसो नगर्न सम्झाउँदा आमा पार्वतीको ह*त्या गरी त्यसपछि करीब ४०० मिटर टाढा आफ्नै घरमा हजुरआमा जुवारालाई घा*इते बनाएका थिए ।

घटना विवरणअनुसार पासो खोल्न जाँदा आफैँमाथि आ*क्रमण गर्न खोजेका छोराबाट जोगिन भागेर घर नजिकैको सोयखोला भन्ने खोल्सामा पुगेको बेला आमा पार्वतीलाई कोदालोले टाउकोमा प्रहार गरिएको चोटले घ*टनास्थलमै ज्या*न गएको थियो ।

आमाको ज्या*न गइसकेपछि आफ्नो घरमा माथिल्लो तलामा काम गर्दै गरेकी हजुरआमा जुवारालाई पनि कोदालो प्रहार गर्न खोजेपछि दौडँदै तल्लो तलामा पुगेको बेला त्यही कोदालोले हिर्काएर घाइते बनाएका थिए ।

जुवाराको उपचारको क्रममा दैलेख जिल्ला अस्पतालमा ज्या*न गएको थियो । छिमेकीलाई आतङ्कित पारेको भन्ने सूचनाको आधारमा तत्काल घ*टनास्थल पुगेको प्रहरीलाई समेत बालारामलाई नियन्त्रणमा लिन मुस्किल परेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published.