युएईको अल अहालिया एक्सचेन्जबाट पैसा पठाउने क्रममा काठमाडौंका नवीन पाण्डेले निशान कार उपहार पाए हार्दिक बधाई !!

प्रवासी

युएई। युएईको अल अहालिया एक्सचेन्जबाट पैसा पठाउने काठमाडौंका नवीन पाण्डेले निशान कार उपहार पाएका छन् ।विगत ६ वर्षदेखि दुबईको रिच कार्टेन होटलमा भेलेट चालक पदमा कार्यरत पाण्डेले अल अहालिया एक्सचेन्जको अलकुज शाखाबाट पैसा पठाउँदा निशान कार उपहार पाएको एक्सचेन्जका नेपाल म्यानेजर बेनीमाधव ढकालले जानकारी दिएका छन् ।

एक्सचेन्जले गत मे ५ देखि जुलाई ३ सम्मका लागि समर एक्सचेन्ज योजना लागू गरेको थियो ।यो योजनाअन्तर्गत १ केजी सुन भने पाकिस्तानी नागरिक मोहम्मदले पाएका छन् ।

यसै योजना अन्तर्गत ५ जना भारतीय अनि पाकिस्तान, बङलादेश, श्रीलङ्का र फिलिपिन्सका १/१ जनाले पनि पाण्डेले जस्तै निशान कार प्राप्त गरेका छन्उक्त अवधिमा अल अहालिया एक्सचेन्जबाट रेमिट्यान्स गर्नेहरूमध्ये विद्युतीय माध्यमबाट गरिएको गोलाप्रथाबाट पुरस्कृतहरूको चयन गरिएको अल अहालिया एक्सचेन्जले जनाएको छ।

कार उपहार पाएका पाण्डे अहिले वार्षिक विदामा नेपालमा छन् । उनी युएई फर्केपछि उपहार पाएको कार प्रदान गरिने एक्सचेन्ज नेपाल म्यानेजर बेनीमाधव ढकालले बताए ।

यो पनि हेर्नुहोस 

गाला हेरेर कुन महिला कस्ती हुन् बताउन सकिन्छ 

हुन त सबैले मुस्कुराएको राम्रै देखिन्छ तर अझ महिलाले मुस्कान छोडेको चाहिँ गजबै देखिन्छ । प्रसन्न हुँदा महिलाको गालामा लालिमा आउँछ र छालामा एकखाले चमक देखिन्छ । गाला हेरेर कुन महिला कस्ती हुन् बताउन सकिन्छ । जुन महिलाको दाहिने गालामा कालो कोठी छ, ती धनी, वैभवशाली र चरित्रवान हुन्छिन् । यस्ता महिलाले आफ्ना आवश्यकताहरूलाई नियन्त्रणमा राख्छन् । उनीहरूले भौतिक सुख पनि पाउँछन् ।

जुन स्त्रीको देब्रे गालामा कालो कोठी छ, उक्त स्त्री बुद्धिमान, शिक्षामा रुचि राख्ने र सौन्दर्यप्रति लगाव भएकी हुन्छिन् । जुन महिलाको गाला अनुहारको तुलनामा सानो हुन्छ, तिनी धनवान हुन्छिन् र परिवारमा प्रशंसाको पात्र हुन्छिन् । यस्ता स्त्रीले आफ्ना कार्य चतुरतापूर्वक गराउँछिन् । जुन महिलाको गाला आवश्यकताभन्दा बढी तल लोलिएको हुन्छ, ती स्त्री आफ्नो सासू, ससुरा र देवरका लागि अशुभ मानिन्छिन् । यस्ता महिलालाई खानामा विशेष रुचि हुन्छ ।

देब्रे गाला सानो भएकी महिलाको मृत्यु पतिभन्दा अघि हुन्छ । यस्ता स्त्री एकदमै शालीन र मिलनसार हुन्छन् । हाँस्दाखेरी गाला फुल्ने महिला मेहनती हुन्छन् । पचास वर्ष कटेपछि यिनीहरूले सुखप्राप्ति गर्छन् । हाँस्दाखेरी गालामा खाल्डो वा डिम्पल पर्ने महिला तीक्ष्णबुद्धि भएकी, विवेकशील, छिट्टोछिट्टो कुरा गर्ने तथा आफ्नो गतिविधिका कारण सबैको हृदयमा स्थान लिने खालकी हुन्छिन् । यस्ता स्त्रीले धेरैसँग प्रेम गर्छन्

 

Leave a Reply

Your email address will not be published.