भारतबाट आउने तरकारीमा ८० प्रतिशतसम्म विषादी भएको, साढे दुई वर्षअघिको तथ्यांक यस्तो डर लाग्दो, प्रमाण हेर्नुहोस

ताजा समाचार

काठमाडौं, भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु गरेर वाहवाही पाएको सरकार स्थगनपछि निकै आलोचित बनेको छ । सरकारको निर्णयलाई वाहावाही गरेका नागरिकले फिर्तासँगै जनताको स्वास्थ्यमाथि खेलवाड गरी भारतसामु झुकेको भन्दै आपत्ति जनाएका हुन ।

सरकारले भन्सार बिन्दुमै बिषदी परीक्षणको निर्णयअघि आवश्यक उपकरण छ कि छैन भन्ने तथ्यलाई बेवास्ता गर्दा जनताले निकै मन पराएको निर्णयबाट पछि हटनु परेको छ । भन्सार नाकाबाट काठमाडौंमै परीक्षणका लागि ल्याउनु पर्ने र त्यसो गर्दा कम्तीमा तीन दिनको समय लाग्ने गरेपछि सवै तरकारी कुहिएर नष्ट गर्नुपर्ने बाध्यता आइलागेपछि सरकार निर्णयबाट पछि हटनु परेको हो ।

तथ्यांकअनुसार भारतबाट आउने तरकारीमा ८० प्रतिशतसम्म विषादी भएको पाइएको थियो । जब कि कुनै तरकारी वा फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्र देखिएमा उपभोग गर्न योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन राखेर प्रयोग गर्न सकिने र ४५ प्रतिशतभन्द बढी भएमा नष्ट गर्नुपर्छ।

‘भन्सारमा बिषादी परीक्षणको निर्णय सही हो, तर कार्यान्वयनका लागि आवश्यक कुनै पुर्वाधार छैन, त्यही भएर केही समयका लागि स्थगन भएको हो,’ कृषि मन्त्रालयका एक अधिकृत भन्छन । सरकारी दवाी जे भएपनि नागरिक भने यो बिषयमा आक्रोशित नै छन ।

बिना तयारी हचुवाको भरमा जनता भडकाउने निर्णयका रुपमा यसलाई लिनुपर्ने सत्तारुढ दलकै नेता कार्यकर्ता बताउँछन । बजारमा आउने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेभसाइटमा राखिएको परिणामले सवैको मुटु घोचिरहेको छ ।

साढे दुई वर्षदेखि समितिको वेभसाइड अपडेट छैन । तर राखिएको तथ्इले भने सवैलाई झस्काएको छ । दुई बर्षअघि समितिले काठमाडौंका विभिन्न ठाउँसहित कालीमाटी बजारमा पनि विषादी परीक्षण सुरु गरिएको थियो । सो दिन सार्वजनिक गरिएको ४ दिनको विषादी परीक्षण नमुनाको नतिजा निकै डरलाग्दो छ । वेभसाइटमा उपलब्ध तथ्यांकअनुसार भारतबाट आउने तरकारीमा ८० प्रतिशतसम्म विषादी भएको पाइएको थियो । साढे दुई वर्षअघिको तथ्यांक यस्तो डर लाग्दो छ भने यसले के स्पष्ट पार्छ भने अहिले पनि भारतीय फलफूल तथा तरकारीमा विषादी उच्च छ ।

२०७३ माघ ५ भारतबाट आउने गोलभेडाको एक नमुना परीक्षणको नतिजाअनुसार ८३.१८ प्रतिशत विषादी भेटिएको छ । जब कि कुनै फलफूल तथा तरकारीमा यस्तो मात्रा ४५ प्रतिशतभन्दा धेरै भएमा खान अयोग्य हुन्छ र यसलाई बिसर्जन गर्नुपर्ने कालीमाटी बजारकै सूचनामा उल्लेख छ। उक्त गोलभेडा इस्राद भन्ने व्यवसायीले भारटबाट ल्याएका थिए । उनैले सोही दिन ल्याएको गोलभेडा कै अर्को नमुनामा ७९.२० प्रतिशत विषादीको मात्रा भेटिएको थियो।

त्यस्तै, सोही महिनाको ६ गते नारायण श्रेष्ठ भन्ने व्यसायीले भारतबाट ल्याएको गोलभेडामा ६५.८१ प्रतिशतसम्म विषादीको मात्रा भेटिएको थियो । मुलुकभित्रकै काउली, गोेलभेडामा पनि विषादीको मात्रा अत्याधिक भएको देखिन्छ । बारा, चितवन र पर्साबाट आएको तरकारीमा उक्त मात्रा धेरै देखिएको थियो । उक्त साल माघ ७ गते चितवनबाट राम कुमार कँडेलले ल्याएको काउलीमा ७२ प्रतिशत विषादी भेटिएको थियो ।

पर्साबाट आएको काउलीमा पनि झन्डै ५३ प्रतिशत विषादी देखिएको कालीमाटी बजारको तथ्यांकमा उल्लेख छ । कुनै पनि तरकारी वा फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्र देखिएमा उपभोग गर्न योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन राखेर प्रयोग गर्न सकिने र ४५ प्रतिशतभन्द बढी भएमा नष्ट गर्नुपर्छ ।

पछिल्लो समय बिषदी परीक्षणको कामसँगै उपभोक्ता निकै सतर्क भएका छन । सरकारले यथाशिघ्र आवश्यक पूर्वाधार तयार पारी भन्सार बिन्दुमै बिषादी परीक्षणको ब्यवस्था गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published.