पर्यटकीय सहर पोखरामा विदेशी नागरिक पक्राउ कारण यस्तो..

ताजा समाचार

पोखरा / पर्यटकीय सहर पोखरामा अवैध रुपमा बस्दैआएका विभिन्न देशका २१ विदेशी नागरिक पक्राउ परेका छन् । २०७५ को साउन महिनादेखि २०७६ को असार १६ गतेसम्मको अवधिमा पर्यटक भिसामा आएर विभिन्न पेशा, व्यवसाय गरेर पोखरा बस्दैआएका र पासपोर्ट र भिसा विना नै पोखराका विभिन्न स्थानमा बस्दैआएका गरी २१ जना विदेशी नागरिकलाई पर्यटक प्रहरी कार्यालय पोखराले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सबैभन्दा धेरै ७ जना रुसका नागरिक छन् । रसियन पर्यटकहरुमध्ये ४ जना भिसाको म्याद सकिएर पनि अवैध रुपमा बस्दैआएको पाइएको हो । तीनजना रुसका नागरिक पासपोर्ट नै च्यातेर अवैध रुपमा बस्दैआएको सूचनाको आधारमा पक्राउ परेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी सायक निरीक्षक विधान सिंह क्षेत्रीले बताए । पक्राउ पर्नेमा तीनजना लेबननको नागरिक छन् । अली सेलेमन उनका दुई छोरी मेरियम रहमे र फटमे भिसाको म्याद सकिएपछि पनि अवैध रुपमा बस्दैआएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

दुई छोरीहरुले प्याराग्लाईडिङको कोष समेत गर्दै गरेका थिए । यसरी पक्राउ गर्नेमा नेदरल्याण्डका दुई नागरिक पनि छन् । उनीहरुमध्ये एक जना पासपोर्टको भिसा नै सकिएको अवस्थामा र अर्को एकजना पासपोर्ट विना नै पोखरामा बस्दैआएको अवस्थमा पक्राउ परेका हुन् ।

यस्तै यमन, तिब्बत, फिलिपिन्स, बेलायत, डेनमार्क, टर्की, फ्रान्स, जर्मन र केन्याका पर्यटक पनि अवैध रुपमा बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी नायब निरीक्षक टीकाराम पौडेलले जानकारी दिए ।

पोखराको लेकसाइडमा दश वर्षदेखि बस्दैआएका जर्मन नागरिक लुजीफर प्लेस गत चैत १३ गते स्थानीयसँग झगडा गरेपछि स्थानीयले प्रहरीलाई खवर गरे । घट्नाको छानवीनको क्रममा पासपोर्ट लगायत उनको परिचय खुल्ने केही कागजपत्र भेटिएन । प्रहरी अनुसन्धान पछि उनी दश वर्षदेखि पोखराको लेकसाइडमा गैरकानुनी रुपमा बस्दैआएका जर्मन नागरिक रहेको प्रहरीले पत्ता लगाएपछि पर्यटक प्रहरी कार्यालय पोखराले अध्यागमन कार्यालय हुँदै अध्यागमन विभाग काठमाण्डौमा बुझायो ।

उस्तै अवस्थमा भेटिएका थिए आफूलाई प्रेम ओझा भनेर चिनाउने नेदरल्यणडका पर्यटक । उनी पनि पोखराको लेकसाइडमा १० वर्ष देखि बस्दैआएका थिए । गत पुस १२ गते पक्राउ परेको उनीसँग पनि पासपोर्ट लगायत उनको परिचय खुल्ने कुनै कागजाज थिएन । प्रहरीले अनुसन्धान गर्दा उनी लेकसाइडका विभिन्न होटलमा गैरकानुनी रुपमा काम गरेर बसेको पत्तो पायो ।

पर्यटन भिसामा पोखरा घुम्न आएका फिलिपिन्सका अल्बर्ट क्याइसीप पोखरा २३ धारापानीमा १९ महिनादेखि व्यवसायीक रुपमा कुखुरा पाल्दैआएका थिए । पर्यटन भिसामा आएका उनीसँग व्यवसाय गर्ने अनुमति त थिएन नै उनको पर्यटन भिसाको म्याद पनि एक वर्षअघि नै सकिएको थियो ।

गत पुस ८ गते स्थानीयले दिएको सूचनाको आधारमा पर्यटक प्रहरीले उनलाई पक्राउ ग¥यो । जग्गा भाडामा लिएर आफैँले फेवा तालको सिरानमा बाँसको खोर बनाएर कुखुरा पाल्दै गरेको अल्बर्टलाई प्रहरीले अध्यागमन कार्यालय पोखरामा बुझायो । अध्यागमन कार्यालय पोखराले अध्यागमन विभाग काठमाण्डौ । यस्तै रसियाका डिमिट्री खमोभ सन् २०१६ देखि श्रीमती र छोरा सहित नेपालमा बस्दैआएका थिए । उनले नेपालमै सन् २०१७ मा अर्को छोरा पनि जन्माए । अवैध रुपमा विदेशी बसेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्दा उनी र उनका परिवारको पासपोर्ट हेर्दा नेपाल बस्ने समय अवधि नै सकिसकेका थियो

बेलायतका ६६ वर्षीय नागरिक रोय वल्स्टनक्रफ्ट पोखरा १७ बिरौटामा फ्ल्याट लिएर बस्थे । उनले आफ्नो कोठामा चोरी भएको भन्दै गत फागुन १२ गते आफैँले प्रहरीलाई खवर गरे । पर्यटक प्रहरीले उनको पासपोर्ट चेकजाँच गर्दा उनी गैरकानुनी रुपमा ओभर स्टे बसेको फेलापरेपछि फागुन २६ गते पक्राउ गरी विभाग पठायो ।

पछिल्लो पटक भने अवैध रुपमा बस्दैआएका रसियन नागरिक यही असार १६ गते पक्राउ परेका हुन् । रसियन नागरिक निकोले ओलेगोभिच सोमबार पासपोर्ट र भिसाविना नै पोखराको लेकसाइडमा नशालु पदार्थ खाएर लट्ठ परेको अवस्थामा फेला पारेको हो ।

Leave a Reply

Your email address will not be published.