भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गयो

अन्तरास्ट्रिय

भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको छ । बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

तर बिहार सरकारले भने यसको पुष्टि गर्न बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ । राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् ।

राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४/४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । विहारमा ज्वरोको कारण शनिबार मात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

यो पनि हेर्नुहोश
छोराले आफ्नो आमाको लागि लेखेको फेसबुक पोष्टको अहिले चौतर्फी चर्चा

आमा छोराको सम्बन्ध अनमोल छ । यसको वर्णन शायद शब्दमा गर्नको लागि निकै कठिन छ । आमाको लागि जति छोरा प्रिय हुन्छ त्यतिनै छोराको लागि आमा। दुवै बीच माया र स्नेह निकै भावनात्मक हुन्छ। आमाको ममता ले सन्तानलाई सधै बाँधेको हुन्छ । आमा छोराबीचको यस्तै माया र स्नेह भारतको केरलामा देखिएको छ । जहाँ छोराले आफ्नो आमाको लागि लेखेको फेसबुक पोष्टको अहिले चौतर्फी चर्चा भैरहेको छ ।

आज पनि समाजमा पुनर्विवाहलाई राम्रो नजरले हेरिदैन। तर एक छोराले आफ्नो आमाको दोस्रो विवाहलाई लिएर शुभकामना दिएपछि गोकुल श्रीधर नाम गरेका छोरा अहिले चर्चामा छ्न्। भारतको केरला को कोलम जिल्ला निवासी हुन् श्रीधरले फेसबुकमा आफ्नो आमाको लागि भावुक पोष्ट लेखेका छन् । गोकुलका पिताले उनको आमालाई सम्बन्धबिच्छेद गरेका थिए । जसकारण उनको आमाले दोस्रो विवाह गरिन् ।

गोकुल श्रीधरले लेखे , ‘ यो मेरो आमाको विवाह थियो। मैले धेरै सोचे कि के यस प्रकारको नोट लेख्नुपर्छ । अन्तत यो यस्तो समय हो जब धेरै मानिसहरु दोस्रो विवाहलाई स्विकार गर्न सक्दैनन।

जुन मानिसहरुलाई सन्देह, दया र घृणाको नजर छ, कृपया यहाँ नजर नडाल्नुहोला। यदि हेर्नुभएपनि केहि बिग्रने छैन ।’ यसका साथै गोकुल लेख्छन् , ‘एक महिला, जसले आफ्नो सम्पूर्ण जीवन मेरोलागि समर्पण गर्नुभयो, उहाँले आफ्नै वैवाहिक जीवनमा धेरै कुरा सहनुभयो। मेरा बुबाको कुटपिट पछि जब उहाँको टाँउकोबाट रगत बग्थ्यो तब म प्राय सोध्थे कि किन यस्तो झेलिरहनु भएको छ।

मलाई थाहाँ छ उहाँले मलाई भन्नुभयो कि उहाँ मेरो लागि दुख सहन तयार हुनुहुन्छ। किनभने उहाँ मेरो लागि बाचिरहनुभएको थियो । त्यो दिन, जब मैले उहाँसँगै घर छोडे, मैले यो निर्णय गरेको थिए।’

गोकुल अघि लेख्छन्, ‘ मेरो आमा, जसले मेरो लागि पूरै जवानीलाई अलग गर्नुभयो, उहाँको पनि धेरै सपना र विचार होलान । मलाई धेरै केहि भन्नु छैन । मलाई महसुस भएको छ कि यी सबै लुकाएर राख्नु आवश्यक छैन ।

आमा, विवाहको शुभकामना ।’ छोराले आफ्नो आमाको लागि लेखिएको यस मलाया पोष्ट फेसबुकमा निकै शेयर भएको छ । मंगलबार उनले पोस्ट गरेको सन्देशमा तीन हजार चार सय भन्दा बढीले प्रति क्रिया जनाएका छन् भने उक्त पोस्टलाई ४ हजार दुईसय भन्दा बढीले शेयर गरेका छन् । तस्वीरमा ३८ हजारले लाइ गरेका छन् ।

Leave a Reply

Your email address will not be published.