पाँचथर अपडेट विभत्स हत्या पछी पुरै गाउ शोक र त्रासमा (भिडियो सहित)

ताजा समाचार

पाँचथर ३१ जेठ । पाँचथरको डरलाग्दो हत्या काण्ड भएको यत्तिका दिन भैसक्दा पनि अझै स्थिति सामान्य बन्न सकेको छैन । विभत्स हत्या पछी पुरै गाउ शोक र त्रासमा छ । उनीहरुको जीवन पहिलेको जस्तो हुन सकेको छैन । दिनभरि मेलापातको काम सकेर बेलैमा परिवारका सदस्य जम्मा भएर चाँडै सुत्ने गरेका छन् ।

यति सम्म कि अचेल चिया पसल र बजारमा चहल–पहल कम छ । यति बेला गाउमा कोहि नया मान्छे आए भनेपनि सोधपुछ हुन्छ । सदा घरको बाहिर सुत्ने हुनिहरु आजकाल घरको झ्याल र ढोका मर्मत सम्भार गरी दह्रो बनाएर भित्र सुत्छन ।

यो पनि पढ्नुहोस्ः धरानका राईलाई खुकुरी प्रहार गरी फरार भएका २ जना कोटेश्वरबाट पक्राउ – एक युवालाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार भएका २ जना पक्राउ परेका छन् । सुनसरी १७ धरान घर भई हाल धोबिघाट बस्ने धनजित राईलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी घाईते बनाएर फरार भएका २ जनालाई काठमाडौंको कोटेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी स्थायी घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका २२ वर्षीय राजु बर्देवा र २३ वर्षीय भोजकुमार बर्देवा रहेका छन् ।

खुकुरी प्रहार गरेर भागेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खोजतलास गर्न प्रहरी निरीक्षक हिक्मत बहादुर थापाको कमाण्डमा खटिएको सानेपाको प्रहरी टोलीले उनीहरुलाई कोटेश्वरबाट नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रहरीले पाँच किलोग्राम चरेशसहित अमेरिकी नागरिक विलियम हेरोनलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई आज पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले उनी नेपाल वायुसेवा निगमको आरए ४०१ उडानबाट थाइलैण्डको बैंकक हुँदै अमेरिका जान लागेका थिए । उनको झोला जाँचका क्रममा चरेश फेला परेको हो ।

पक्राउ परेका हेरोनसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचविखन तथा ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार उनीहरुले रोजगारीको प्रलोभन देखाई रु पाँच लाखदेखि रु आठ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै युनाइटेड अरब इमिरेट्सको दुबई पु¥याई पीडितको राहदानी, नगद तथा प्रवेशाज्ञा खोसेर बन्धक बनाउने कार्यमा संलग्न रहेकाले पक्राउ गरिएको हो ।

पीडितलाई ब्युरोको टोली, लिबियामा शान्ति स्थापनार्थ खटिएका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनको संयुक्त पहलमा नेपाल फिर्ता गरिएको छ । पक्राउ परेकालाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारवाही गरिने ब्युरोले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published.