प्रचण्ड-रंगशाला निर्माण धुर्मुस–सुन्तली फाउण्डेशनले चन्दा उठाएर बनाउन नसके आफू अघि सर्ने संकेत (भिडियो सहित)

ताजा समाचार

चितवनको रामपुरमा बन्दै गरेको रंगशाला निर्माणको अन्यौलताबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख खोलेका छन् । बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले धुर्मुस–सुन्तली फाउण्डेशनले चन्दा उठाएर बनाउन नसके आफू अघि सर्ने संकेत पनि गरेका छन् ।

यसलाई कसरी लिन सकिन्छ ? रंगशाला निर्माणको अन्यौलता बढिरहेका बेला सत्तारुढ दलका अध्यक्ष प्रचण्ड चितवन पुगेका छन् । त्यसो त उनी नियमितरुपमा चितवन गइरहन्छन् नै । उनको गृहजिल्ला, निर्वाचन क्षेत्र पनि हो चितवन । त्यसैले पनि प्रचण्डमा चितवनको विशेष मोह छ । आखिर किन प्रचण्डले यस्तो किन भने ?

काठमाडौंको राष्ट्रियसभागृहमा त्यत्रो तामझामसहित कार्यक्रम गरेर धुर्मुस सुन्तली फाउण्डेशनलाई रंगशाला निर्माणको जिम्मा लगाइएको थियो । र त्यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, स्वयं प्रचण्ड, भरतपुर महानगरकी मेयर रेनु दाहाल समेत उपस्थित थिइन् । यत्रो विश्वास गरेर धुर्मुस सुन्तलीलाई जिम्मा लगाएको प्रोजेक्टमा प्रचण्डले किन संसय व्यक्त गरे ?

प्रचण्डले किन संसय व्यक्त गरे भन्नूभन्दा पहिले रंगशाला निर्माणको योजना कसरी सुरु भएको थियो भन्ने बारे विश्लेषण गर्नुपर्ला । अन्तर्राष्ट्रिय क्रिकेटको नियामक निकाय आईसीसीबाट नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको वहस तातिएको थियो । हेर्नुहोस् भिडियोः

यो पनि हेर्नुहोस्ः १३ वर्षीय बालकद्वारा ललाई फकाई पाँच वर्षीया बालिकाको बलात्कार – सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उहाँकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लानुभएको थियो ।

अस्पतालका चिकित्सकले जाँच गर्दा बलात्कारको शङ्का लागि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गराएको बताउनुभयो ।

आरोपितविरुद्धको उजुरी दर्ता गर्दै आरोपित बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ मिश्राले जानकारी दिनुभयो । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को उपदफा २ को (ग) अनुसार अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने भएकाले जबर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.