यदि तपाईको हातमा ‘X’ चिन्ह छ भने यस्तो हुनेछ तपाईको भविष्य

रोचक

ज्योतिष विद्या यस्तो विद्या हो जसले केहि न केहि तरिकाबाट मानिसको भविष्य बताउँछ । पछिल्लो समयमा यो विद्या प्रमाणित पनि भइसकेको छ । विभिन्न तरिकामध्ये ज्योतिष विद्याको एक तरिका हो हस्त रेखा ।

यहि रेखाको माध्यमबाट ज्योतिषले तपाईको आफ्नो जीवनको बारेमा धेरै कुरा बताउँछन् । हस्थरेखाको अनुसार पुरुषको दायाँ हात र महिलाको बायाँ हातको रेखा हेर्ने गरिन्छ । हरेक व्यक्तिको हत्केलामा विभिन्न प्रकारका हस्तरेखाहरु हुन्छन् । आज हामी तपाईलाई हत्केलामा भएको यस्तै एउटा रेखाको बारेमा बताउँन गइरहेका छौ ।

के हो हस्त रेखा ? हस्तरेखा शास्त्रको प्राचिन ज्ञानको आधारमा हत्केलाको रेखा मानिसको व्यक्तित्व र भविष्यको सम्भावना जस्तै करियर , जीवन , विवाह, धन र स्वास्थ्यसम्वन्धी विभिन्न कुराहरु बताउँछ। हातको रेखा हेरेर भविष्यको अनुमान लगाउन सकिने हजार वर्ष पहिलेनै हिन्दू ऋषि बाल्मीकिले ५६७ छन्द युक्त एक गन्थ्रमा उल्लेख गरेका थिए ।

हत्केलामा x हुनु – मिस्रका विद्वानका अनुसार सिकंदर महानको हातमा पनि यस्तो चिन्ह देखिएको पाइन्छ । सिकंदरको हत्केलामा बाहेक यस्तो चिन्ह अन्य व्यक्तिको हत्केलामा समेत देख्न सकिन्छ ।

जुन संसारमा ३ प्रतिशत मानिसको हत्केलामा मात्र पाउँन सकिन्छ । भर्खरै हत्केलामा x रेखाको बारेमा जानकारी र यस्तो रेखा हुनेहरुको भाग्यको बारेमा गरिएको एक रिर्सच गरिएको थियो मास्को यूनिभर्सिएटीमा । उक्त रिर्सचले एक पेपरनै निकालेको छ ।

उक्त विश्वविद्यालयमा भएको शोधमा शोधकर्ताले २ मिलियन मानिसको बारेमा जानकारी एकिकृत गरेका थिए । जसमा जीवित वा मृत दुवै मानिसमा गरिएको उक्त शोधका अनुसार जुन मानिसको हातमा x चिन्ह हुन्छ उनीहरु ठूला नेता हुने , कोहि व्यक्ति लोकप्रिय वा कोहि व्यक्ति ठूला–ठूला कामको लागि प्रसिद्ध भएको भेटिएका थिए ।

के हो यसको अर्थ – जुन व्यक्तिको दुवै हातमा यस्तो रेखा हुन्छ उनीहरु ठूलो काम गरेर प्रसिद्ध हुने तथा मरेपछि पनि यादगर हुने गर्छन् । जुन व्यक्तिको एउटा मात्र हत्केलामा यस्तो चिन्ह हुन्छ उनीहरु प्रतिष्ठित हुने र सफलताले उनीहरुको कदम कदममा चुम्ने बताइन्छ ।

यो पनि पढ्नुहोस्ः कमाईको सुरुवातमै यी ९ सुत्र अप्नाउनुहोस्, बढ्दै जाने छ आम्दानी – जब तपाईले जीवनमा पैसा कमाउन थाल्नुहुन्छ, त्यसबेलादेखि नै आर्थिक अनुशासन पालना गर्नुभएन भने तपाईले जीवनभर जति कमाए पनि बचाउन सक्नुहुन्न।

बचत गर्न नसकेपछि तपाईले उर्जावान समयमा कमाएको पैसाले भविष्यमा काम गर्न सक्दैन। यही कारण हामीले आज पैसा कमाउन थालेका युवाहरुका लागि आम्दानी हुन थालेको सुरुवाती दिनहरुदेखि नै अपनाउनुपर्ने सावधानीको बिषयमा बताउन गइरहेका छौँ।

बैंक अकाउण्टमा नजर – तपाईको कारोबार सुरुवात बैंक अकाउण्टबाट गर्नुहोस्। एउटा मुख्य खाता तलबबाट हुने आम्दानीका लागि खोल्नुहोस्, जसको उपयोगले तपाईको फाइनान्सियल स्टाटस तयार गर्न सहज होस्। यसलाई बैंक खाताको रुपमा मात्र होइन, आफ्नो फाइनान्सियल लाइफको रेकर्डको रुपमा हेर्नुहोस्। आफ्नो स्टेटमेन्ट र त्यहाँ भइरहेको अपडेटहरुमा सधैं नजर राख्नुहोस्।

आम्दानी र खर्चमा सन्तुलन – आफ्नो खर्चलाई आफ्नो आम्दानीको प्रतिशतको हिसाबले हेर्नुपर्छ । आदर्श अवस्थामा तपाईको कुल आम्दानीको ६० प्रतिशतभन्दा बढी खर्च हुनुहुँदैन ।

यो प्रतिशत जति कम हुन्छ, त्यति बचत र खर्चको मामलामा तपाईलाई सहुलियत प्राप्त हुन्छ । बाँकी प्रतिशत आम्दानीलाई बचतको रुपमा राख्ने बानी बसाल्नुपर्छ । यो प्रतिशतबाट कहिलेकाही सौख पूरा गर्ने खर्चको समेत जोहो गर्न सकिन्छ ।

यदि कुनै हप्ताको अन्ततिर तपाईलाई आफ्ना साथीभाईसँग मिठो खाना खान मन लाग्यो भने त्यसलाई पनि आफ्नो आम्दानीको प्रतिशतको रुपमै गणना गर्नुपर्छ । यसको गणना त्यतिबेला तपाईले राम्रो ढंगले गर्न सक्नुहुन्छ, जब यो धेरै बढी हुन्छ वा अफोर्डेबल हुन्छ ।

उधारोबाट बच्नुहोस् – कमाई र खर्चको मामलामा एक सुविधाजनक लेभलसम्म पुग्न तथा अघिल्लो तलब आउनेसम्म आफ्नो बैंक अकाउण्टमा पोजिटिभ ब्यालेन्स देखिएसम्म उधारो लिनबाट बच्नुहोस् । यदि तपाईले यो अवस्थामा बैंक क्रेडिट कार्ड लिनुहुन्छ भने पनि आफ्नो ब्यालेन्समा धेरै असर नपुग्ने गरी मात्र यसको प्रयोग गर्नुपर्छ।

क्रेडिट हिस्ट्री राम्रो बनाउनुहोस् – आफ्नो क्रेडिट हिस्ट्रीलाई निकै राम्रो बनाइराख्न जरुरी हुन्छ । यदि तपाईले शैक्षिक लोन लिनुभएको छ भने त्यसलाई भाकाअघि नै चुकाउने कोशिश गर्नुहोस् । यदि यसमा तपाईलाई मुश्किल हुन्छ भने अभिभावक वा साथीभाईको मद्धत लिनुहोस् अथवा आफ्नो बैंकसँग लोनको शर्तमा केही परिवर्तनका लागि अनुरोध गर्नुहोस् ।

शैक्षिक लोनमा डिफल्ट गरे केही फरक पर्दैन भन्ने सोंचेर कहिल्यै अगाडि नबढ्नुहोस् । हरेक लोनको एक ट्रयाक रेकर्ड हुन्छ र तपाईको खराब क्रेडिट स्कोर आगामी दिनमा पुनः लोन लिने कुरामा बाधक बन्न सक्छ ।

पहिला बचत अनि मात्र खर्च – बचतलाई प्राथमिकता दिनुहोस् । खर्च भइसकेपछि उभ्रिएको रकम मात्र बचत गर्छु भन्ने सोच्नुहुन्छ यो भने गलत सोंच हो । थोरै पैसा नै किन नहोस्, सुरुवात गर्न नचुक्नुहोस् । तपाईले एउटा बैंक अकाउण्ट खोलेर निश्चित रकम हरेक महिना त्यहाँ हाल्न सक्नुहुन्छ । बचतपछि बचेको रकम मात्र खर्च गर्ने बानी बसाल्नुहोस् ।

आपतकालीन फण्ड – अचानक आउनसक्ने आवश्यकता वा आपतका लागि एउटा फण्ड बनाउने गर्नुहोस् । युवाहरुका लागि यो फण्ड बनाउन मुश्किल पनि पर्नसक्छ । यसका लागि कुनै बैंकको मुद्धतीमा केही रकम राख्नुहोस् । अति जरुरी भयो भने त्यहीबाट लोन लिनुहोस् र पछि लोन चुकाएर फेरि आफ्नो एफडीलाई सुरक्षित गर्नुहोस् ।

ठूलो भुक्तानीबाट बच्नुहोस् – बचतको बानी बसाल्ने नाममा ठूला भुक्तानी गर्नबाट बच्नुहोस् । घरका लागि इएमआई वा कुनै बिमा कम्पनीका लागि प्रिमियममा ठूलो भुक्तानी गर्नु यस्तै गल्ती मध्येको एक हो । करिअरमा सेटल हुनका लागि समय लाग्छ ।

कतिपय मानिस सुरुवातका वर्षहरुमै बारम्बार जागिर परिवर्तन गरिरहेका हुन्छन् । यस्तो अवस्थामा इएमआईको ठूलो बोझले बित्तीय समस्या निम्तिन सक्छ । इन्स्योेरेन्समा ठूलो रकम नफसाउनुहोस् । पछि तपाईलाई थाहा हुनसक्छ कि तपाईले तिर्ने प्रिमियम धान्नै नसक्ने खालको रहेछ । यस्तो बानीले तपाईको हातमा कम रकमको बचत हुनसक्छ ।

सर्टकर्टको चक्करमा नपर्नुहोस् – छोटो समयमै पैसा कमाउने वा बढाउने कुनै पनि चक्करमा पर्नबाट बच्नुहोस् । कसैको लहै लहैमा लागेर छिटो पैसा कमाइन्छ भन्ने ध्येयले खराब कम्पनीको सेयरमा लगानी गर्ने गल्ती पनि गर्नुहुन्न ।

आम्दानीको वृद्धिदरमा फोकस बन्नुहोस् – तपाई आफ्नो आम्दानीको वृद्धिदरमा सधैं फोकस बन्ने गर्नुहोस्। तपाईको जागिर यस्तो हुनुपर्छ, जहाँ तपाईको योगदानलाई सम्मान प्राप्त होस् र तपाईलाई उचित रिवार्ड मिलोस्।

केही कमी भयो भने सबैभन्दा पहिला आफैंलाई राम्रो बनाउने कार्यमा लगानी गर्नुहोस्। तपाईको आम्दानीले नै तपाईको बित्तीय जीवन हराभरा बनाइदिन्छ। आफ्नो नियमित आम्दानीमा आँच आउन नदिनुहोस्।

Leave a Reply

Your email address will not be published.