फेला पर्यो तीन आँखे नाग देवता भेटि स्वरुप एक सेयर गरौ २४ घन्टामा राम्रो हुने छ देखेरानी नदेखे जस्तो नगर्नुहोला

रोचक

काठमाडौं/एजेन्सी । अष्ट्रेलियाका बन्यजन्तु अधिकारीले केही दिन अघि फेला परेको तीन आँखे सर्पको तस्वीर सार्वजनिक गरेका छन् । ‘नोर्दन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिस’ले इन्टरनेटमार्फत सार्वजनिक गरेको तीन आँखे सर्पलाई अद्भूत मानिएको छ ।
उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको मोन्टी पाइथन नाम दिइएको यो तीन आँखे सर्प अजिङ्गर प्रजातिको हो । तर, भेटिएको केही सातामै सर्प मरेको थियो ।

विज्ञले सर्पको टाउकोमा रहेको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको हुन सक्ने औंल्याएका छन् पन्ध्र इन्च लामो सर्पलाई अनौठो टाउकोका कारण खान समस्या परेको बताइएको थियो । सर्पको एक्सरे गर्दा दुईटा टाउको भने नजोडिएको देखिएको थियो । एउटै टाउकोमा रहेका तीन वटै आँखा देख्न सक्ने थियो ।
news24nepal बाट

याे पनि पढ्नुहोस्

जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ।म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो। तीनदशक अघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका घिमिरेले दश वर्ष साउदी अरब र १० वर्ष खाडीका अन्य मुलुकमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए।

घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरेले आम्दानी गर्न थाले। “शुरुशुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन”, घिमिरेले भने, “कतिले मलाई विदेशमा त कमाउन नसके को मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर, म आफ्नो काममा लागिरहेँ।”

विसं २०६६ सालदेखि व्यावसायिक रुपमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका घिमिरेले सात रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडी, बन्दागोभीलगायतका मौसमी तथा बेमौसमी तरकारी लगाउनुभएको छ।

तरकारी बिक्री गरेर घिमिरेले वार्षिक रु छ लाखभन्दा बढी कमाइ हुने गरेको बताए।“यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ”, घिमिरेले भने,“उमेर ढल्केपछि मलाई चेत आयो तर, मैले मेरा छोराहरुलाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो।

”अहिले घिमिरेको खेत बारीमा गोलभेँडा,काँक्रो,करेला लटरम्मै छ। खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुशी र सन्तुष्टि पनि छाएको छ। दुई भाइ छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार गर्ने, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आएका छन्।

तरकारी बिक्री गरेर सरदर मासिक रु ५० हजार कमाइ हुन थालेपछि घिमिरे परिवारले मुग्लानको बाटोमा सधैँभरिका लागि बन्द गरेका छन्। घिमिरे भन्छन्, “आफ्नै माटोमा पैसा फलाउन सकिने उपाय मैले मेरो परिवारलाई पनि सिकाएको छु, त्यसैले उनीहरुका लागि पनि पैसा कमाउन भनेर कहिल्यै विदेश नपठाउने मेरो सोचाइ छ।”घिमिरेले अहिलेसम्म कुनै पनि सङ्घसंस्था वा सरकारी निकायबाट तरकारीखेतीसम्बन्धी तालीम नलिएको बताए। “सिकाइ अनुभव नै मेरा लागि तालीम र अवसर दुवै बन्यो”, घिमिरेले भने।राज्य ले किसानलाई दिने अनुदानसमेत पाएका छैनन् उनले।घिमिरेले अर्गानिक तरकारी खेती गर्छन्।

अर्गानिक तरकारीबाटै घिमिरले वर्षमा रु छ लाखभन्दा बढी कमाउँछन्। वर्षमा चारपटक तरकारी उत्पादन गर्दै आएका घिमिरेको छ जनाको परिवारका लागि यही नै आम्दानीको भरपर्दो स्रोत बनेको छ।

घिमिरे बिहान उठेदेखि साँझसम्म तरकारीखेतीमै व्यस्त रहन्छ न्।तरकारीमा विषादीको प्रयोग नगर्ने घिमिरे भन्छन्, “औषधिमूलक झारपात तथा पशुको पिसाबबाट रोगकीरा हटाउने, मलजल गर्ने गरेको छु।”दुई वर्ष अघि आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री हुन नसकेपछि पोखरा, काठमाडौँ, चितवन र बुटवलसम्म पु-याएर सस्तो मूल्यमा बिक्री गर्नुपरेको उनले गुनासो।

पहिला २/४ सय आवश्यक पर्दा अरुसँग हात थाप्नुपर्ने घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तिय संस्थामा रकम सङ्कलन, छोराछोरीको पढाइ र घरघडेरीसमेत जोडेका छन्।राज्यले अनुदानको व्यवस्था गरे अझै तरकारीखेती विस्तार गर्ने घिमिरेको सोच छ। पानीको अभाव हुँदा सार्वजनिक कुवाबाट पानी बोकेरसमेत तरकारीखेती गर्दै आएका छन्। घिमिरेकै सिको गरेर धेरैले तरकारीखेती गर्न थालेका छन्। अहिले बन्चरेढुङ्गाका घर–घरमा करेसाबारी छन्। किसानले उत्पादन गरेको तरकारी बजारीकरणका लागिसमेत कुनै समस्या छैन। व्यापारी खेतीबारीमै पुग्छन्। रासस

Leave a Reply

Your email address will not be published.