के तपाईंलाई सर्पको सपनाले त्रसित बनाइरहेको छ ? नाग पञ्चमीको दिन अपनाउनुहोस् यो विधि

रोचक

हामी सबै सपना देख्छौं, कतिपय सपनाहरु हामि सम्झन्छौ भने कतिपयलाइ हामि अर्को दिन नहुदै भुल्ने गर्छौ । त्यस्तै कहिले काहीं जनवारलाइ पनि सपनामा देखिने गरिन्छ आखिर ती सपनाले के संकेत बोकेको हुन्छ? सपनामा जनवार देख्नु भनेको यसले व्यक्तित्वका केही पक्षहरूलाइ प्रतीक गर्दछ साथै यसले भावना र चेतनालाइ समेत बुझ्न मदत गर्ने गर्दछ। जनावरले मानिसमा हुने सामान्य व्यवहार, कुनै चिज को प्रतिक्रियाहरू र भावनाहरूलाइ पनि प्रतीक गर्नेगर्दछ । सपनामा पशुहरू देख्दा यसले अवचेतनमा लुकेका महत्त्वपूर्ण सन्देश पनि दिन सक्छ ।

सामान्यतय हामी धेरैले सर्पको सपना देख्छौ, धेरै संस्कृतिहरूमा सर्पको सपनाले विपरित अर्थहरूको संकेत गर्नेगर्छ तर हिन्दू धर्ममा सर्प सबैभन्दा पवित्र जनावरको रुपमा लिने गरिन्छ। हिन्दु धर्ममा सर्प भगवान शिवको जीवनसंग आवद्ध भएका कारण सर्पलाई नाग देवता पनि भन्ने गरिन्छ। तर सर्प भन्ने वितिक्कै वा यसको बारेमा सोच्दा पनि आङ्गनै जिरिङ्ग भएर आउछ।

हिन्दू पौराणिक कथाका अनुसार सपनामा वा विपनामै लामो सर्पलाई देख्दा यसले खतराको संकेत दिनेगर्छ, यसको अर्थ दुश्मनको प्रकोप बढिरहेको र त्यस दुश्मनले शारीरिक तथा मानसिक रुपमा हानि गर्ने विरूद्धको चेतावनी हो। साथै खाडलमा धेरै सर्पको सपना देख्नु पनि जीवनमा आउन लागेको नराम्रो भाग्यको संकेत हो र त्यस सर्पलाई सपनामा मारिएको देखेमा, यसले शत्रुलाई पराजित गरि जीवनमा विजयी हुने संकेत दिनेगर्छ।

त्यस्तै सपना मा सर्प देख्नु भनेको यसले मानिसमा डर र समस्या को चित्रण गर्द छ। यसको सपनाले मानिस लाइ सजक बनाउन मद्दत गर्दछ यदि कसैले सपनामा सर्प देख्छ भने उसलाई उसको अतित वा वर्तमान ले सताइरहेको र त्यसप्रति उ सजक नभएको वा त्यस समस्या लाइ बेवास्ता गरेको र त्यहि अवस्था मा फशिरहेको हुन सक्छ र उ चाहेर पनि त्यस समस्या बाट निस्किन नसक्ने प्रतिक गर्दछ। यदि सर्पले डसेकोको सपना देखिएमा यसले सकारात्मक स्वास्थ्यको प्रतिक गर्दछ। त्यसगरी सपनामा सर्पलाई टोकेको देखिएमा, यसले भौतिक सम्पति र सन्तान प्राप्ति हुने मानिन्छ।

भनिन्छ यदि कसैले नाग नागपंचमीमा नागको प्रार्थना गरेमा स्वास्थ्य, धन, शान्ति र समृद्धि हुनेगर्दछ। साथै यसदिन मूलधार चक्र मा ध्यान गरियो भने जीवनमा शान्ति र खुशी प्राप्त गर्न मद्दत गर्दछ। त्यसै गरि यसदिन नाग देवताको मन्त्र उच्चारण गर्दा शुभ हुने मानिन्छ।

ॐ भुजंगेशाय विद्महे,

सर्पराजाय धीमहि,

तन्नो नाग: प्रचोदयात्।।

अनंत वासुकी शेषं पद्मनाभं च मंगलम्

शंखपालं ध्रतराष्ट्रकंच तक्षकं कालियं तथा।

एतानी नव नामानि नागानां च महात्मना

सायंकाले पठे नित्यं प्रातःकाले विशेषतः

तस्य विषभयं नास्ति सर्वत्र विजयी भवेत्।।

Leave a Reply

Your email address will not be published.