नयाँ प्रधानमन्त्री चुनौँ, अपराधको संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाऔँ : बाबुराम भट्टराई

राजनीतिक

काठमाडौं – जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले संसद अधिवेशन बोलाएर नेकपाबाट नयाँ प्रधानमन्त्री चुन्न तथा अपराधका संरक्षक न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाबाटै अर्को प्रधानमन्त्री पर्ने उल्लेख गरेका छन्।

देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!

श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्को आलोचना भइरहेका बेला भट्टराईले अपराधको संरक्षण गर्ने न्यायाधीशलाई पनि महाअभियोग लगाउन पर्ने माग गरेका छन् ।

यस्तै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जानुपर्नेसमेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published.