युवतीमाथि ए’सिड हान्ने दुई जना प’क्राउ, आफूलाई मन नपराएपछि ए’सिड हानेको बयान

ताजा समाचार

काठमाडौं : बिहीवार राति २२ वर्षीया युवतीलाई ए,सिड हान्ने प,क्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले बिहीवार राती नै उनीहरुलाई प,क्राउ गरेको हो । प,क्राउ पर्नेहरुमा रौतहटको लक्ष्मीपुर घर भइ काठमाडौं डल्लु बस्दै आएका मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद रहेका छन्।

सीसी क्यामरा फुटेज लगायतका सूचनाको आधारमा उनीहरुलाई राति नै डल्लु क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। ए,सिड प्र’हार भएकी युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरी अप,राध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएको झोंकमा ए,सिड छ्या’पेको उनीहरूले प्रहरीलाई बयान दिएका छन् ।ए,सिड हान्नुअघि मुन्नाले युवतीलाई ३७ पटक मिसकल गरेको समेत पाइएको प्रहरीले जानकारी दिएको छ । बिहीबार राति पौने ९ बजेतिर दही किन्न निस्केकी युवतीलाई ते’जाब छ्यापेर उनीहरूले कोठातर्फ भागेका थिए । तेजा’ब मुन्नाले छ्यापेका थिए।

मोहमदले मुन्नालाई युवतीको घर नजिकै लगेर छाडेको र ए,सिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए ।ट्वाइलेट सफा गर्ने ए,सिड छ्यापेको पाइएको एसएसपी थापाले जानकारी दिएका छन् । पी’डित युवतीको अहिले कीर्तिपुर स्थित अस्पतालमा उपचार भइरहेको छ ।

उनी हायात होटलको अकाउन्ट शाखामा कार्यरत कर्मचारी हुन् । युवतीले उनीहरुसँग चिनजान भए पनि आफूले दाजुको रुपमा हेर्ने गरेको बताएकी छिन् । प्रहरीका अनुसार उनको गाला र टाउकोमा ए,सिड लागेको छ । उनको अवस्था सामान्य नै छ । पी’डितले ए,सिड छ्याप्ने व्यक्तिलाई आफूले नचिनेको बताएकी छन् ।घटना लगत्तै सीसीटीभी फुटेजबाट पहिचान गरेर पीडकलाई प,क्राउ गर्न प्रहरी सफल भएको हो ।

उनीहरू वि,रुद्ध अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए। ए,सिड छर्किने व्यक्तिको हातमा समेत ए,सिडले भेटेको छ। प,क्राउ परेका मुन्नाले मालिक को योजना अनुसार आफूले ए,सिड छर्किएको र ए,सिड हान्दा आफूलाई पनि लागेकाले पी’डा भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.