नेपालमा पहिलो पटक कोरोनावाट विदेशी नागरिकको नि’ध’न, बुधवार २ जनाको नि’ध’न पुष्टि

ताजा समाचार

काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाका कारण विदेशी नागरिकको नि ध न भएको छ । काठमाडौंको टिचिङ अस्पतालमा कोरोनाभाइरसका कारण एक जनाको निधन भएको छ । नि ध न हुनेमा एक ५८ वर्षीया चिनियाँ महिला रहेकी छिन् । अस्पतालका निर्देशक डा। रोहित पौडेलका अनुसार टिचिङ अस्पतालमा उपचार गराइरहेकी उक्त चिनियाँ महिलाको आज बिहान नि ध न भएको हो ।

मृ’तक महिलालाई ग्रान्डी अस्पतालमा हुँदा कोरोना पुष्टि भएको थियो। पछि उनलाई ग्रान्डी अस्पतालबाट टिचिङमा ‘रिफर’ गरिएको थियो। अहिले उनको शव अस्पतालमै राखिएको जनाइएको छ । नेपालमा कोरोनाबाट विदेशी नागरिकको निधन भएको यो पहिलो पटक हो ।

नेपालमा कोरोना भाइरसवाठ बुधवार चिनियाँ नागरिकसहित थप २ जनाको नि ध न  भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुषको पनि कोरोनाका कारण नि ध न भएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षीय पुरुषको साउन ६ गते नि ध न भएको हो । खोकी, उच्च ज्वरु र स्वासप्रस्वासमा समस्या आएपछि उनी साउन २ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । सघन उपचारकक्षमा उपचारकका क्रममा नि ध न भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा। गौतमले बताए ।

निधन भएकी अर्की चिनिया नागरिक पोखरामा काम गर्दै आएकी थइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि थप उपचारका लागि टिचिङ लगिएकोमा बुधबार नि ध न भएको हो । यो सँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ४२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.