एक हजारको नोटमा अब जुम्ल्याहा ‘राम लक्ष्मण’को तस्बिर राखिने,यस बिषयमा आफ्नो विचार राख्नुहोस्

ताजा समाचार

काठमाडौं । एक हजारको नोटमा अब परिवर्तन हुने छ । अहिले रहेको हात्तीको चित्र परिवर्तन हुने भएको छ । अब नयाँ हात्तीको चित्र राखिने भएको हो । अहिले हामीले हजारको नोटमा देखिने हात्ती कहाँको हो भन्ने कुनै जानकारी छैन । नेपालकै हात्ती पनि होकी होइन भन्नेमा शंका छ । कतिपयले अफ्रिकी मुलुकमा पाइने हात्ती भएको अनुमान गरेका छन् । तर अब नेपालकै हात्तीको चित्र पैसामा राखिने भएको हो ।

२०२६ सालदेखि प्रचलनमा आएको हजारको नोटमा अब भने नेपालकै हात्ती राखिने भएको छ। राष्ट्र बैंकले साविकको एउटा हात्तीको सट्टा ुराम र लक्ष्मणु भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र रहेको नयाँ हजारको नोट जारी गर्ने जनाएको छ। बुधबारबाट चलनचल्तीमा आउने नयाँ नोटको आकार र रंग भने पुरानै जस्तो हुनेछ।

२०६५ कात्तिक २४ गते चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा देवीकली नामको हात्तीले एकैपटक दुइटा छावा जन्माएकी थिइन्। विज्ञहरूका अनुसार यसरी हात्तीले जुम्ल्याहा बच्चा पाउने घटना विश्वमै दुर्लभ हुन्छ।

चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा। भीषण गजमेरका अनुसार जनावरको शारीरिक बनोट जति ठूलो भयो, त्यति जुम्ल्याहा बच्चा जन्मिने सम्भावना कम हुन्छ। यसरी जुम्ल्याहा छावा जन्मेको थोरै मात्र घटना छन्। नेपालमा पनि जुम्ल्याहा छावा जन्मेको यो पहिलो हो।

जुम्ल्याहा जन्मिहाले पनि बाँच्ने सम्भावना एकदम कम रहने विज्ञहरू बताउँछन्। तर, देवीकलीले चमत्कार गरिन्। उनले जन्माएकी ‘राम-लक्ष्मण’ जुम्ल्याहा छावा अहिले तन्नेरी भइसके। राम जन्मिएको तीन घन्टापछि लक्ष्मण जन्मिएका थिए। अहिले यी दुइटै छावा चितवन राष्ट्रिय निकुञ्जमा छन्।

राम(लक्ष्मण दुवैले जंगलको गस्ती गर्न सुरू गरेको चार वर्ष भइसक्यो। सानो भएकाले राम(लक्ष्मणलाई नियमित जंगल पठाउँदैनौं। सातामा एकचोटि नजिक(नजिकै लान्छौं, हात्ती प्रजनन तथा तालिम केन्द्रका शाखा अधिकृत बुधन चौधरीले भने।

राष्ट्र बैंकले हजारको नोटमा जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राम(लक्ष्मणको फोटो पठाएको थियो। अब आउने नयाँ एक हजारको नोटमा अब यि राम लक्ष्मण जोडीको तस्बिर राखिने भएको हो ।

Leave a Reply

Your email address will not be published.