‘विदेशी ज्वाइँलाई पनि नागरिकता दिनुपर्छ’

ताजा समाचार

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कम्युनिष्ट सरकारको रवैयाका कारण मुलुकको राष्ट्रियता कमजोर हुँदै गएको आरोप लगाएका छन् । बिपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा नेता कोइरालाले पछिल्लो समय मुलुकलाई अँध्यारोमा धकेल्ने कार्य सरकारबाट भइरहेको बताएका हुन् ।

स्थानीय गुराँस पुस्तकालयद्वारा आयोजित कार्यक्रममा उनले पूर्व राजाहरुसँगको अथक लडाईंबाट स्थापना गरेको प्रजातन्त्र वर्तमान सरकारको कारण धरापमा पर्दै गएको बताए । उनले कार्यक्रममा नागरिताको सन्दर्भमा विदेशी ज्वाइँलाई समेत नागरिकता दिनुपर्ने बताए ।

नेता कोइरालाले विदेशबाट विवाह गरेर ल्याएको बुहारीलाई नागरिकता दिने मिल्ने र छोरीले विवाह गरेको ज्वाइँलाई चाहिँ दिन नहुने भन्ने सोच विभेदकारी भएको उल्लेख गरे । कोइरालाले नागरिकताका विषयमा सबै दलले एउटै धारणा बनाएर अघि बढे मात्र राष्ट्रियता बलियो हुने तर्क गरेका थिए ।

यो पनि -कोरोना भाइरस विरुद्ध अक्सफोर्डको खोप सफल

लन्डन (एजेन्सी)

कोरोना भाइरस खोपको दौडमा रहेका अक्सफोर्ड युनिभर्सिटीले मानवमा गरिएको पहिलो परीक्षणको नतिजा सोमबार द लान्सेन्ट पत्रिकामा प्रकाशित गरेको छ । भाइरल वेक्टरले बनेको कोरोना भाइरस खोप सीएचएडीअक्स १ एनकोव– १९ लगाएपछि भाइरस विरुद्ध प्रतिरोधक क्षमता देखिएको छ ।

सार्थ यो सुरक्षित पनि बताइएको छ । यो सफलतासँगै अब यसलाई अर्को चरणको परीक्षणका लागि स्विकृत गरिएको छ । अक्सफोर्डको खोप अन्य खोप भन्दा अगाडी रहेको मानिएको थियो किनभने यसले भाइरसबाट दोहोरो सुरक्षा दिन्छ ।

खोपमा जुन भाइरल वेक्टरको प्रयोग गरिएको हो, त्यसमा सार्स–कोव–२ को स्पाइक प्रोटिन रहेको शोध पत्रमा बताइएको छ । दोस्रो चरणमा ५ स्थानमा १८ देखि ५५ बर्ष उमेर समुहका ब्यक्तीहरुमा खोपको परीक्षण गरिएको थियो ।

जम्मा ५६ दिन सम्म चलेको परीक्षणमा २३ अप्रिलदेखि मे २१ बीच खोप लगाइएका ब्यक्तीहरुमा टाउको दुख्ने, ज्वरो आउने तथा शरीर दुख्ने जस्ता समस्या पारासिटामोलबाट ठीक भएको शोधपत्रमा उल्लेख गरिएको छ । यसको धेरै गम्भिर साइड इफेक्टस देखिएको छैन ।

शोधपत्रमा १४ दिनपछि स्पाइक प्रोटिनलाई पहिचान गर्ने टी सेल देखिएको उल्लेख छ । २८ दिनमा उक्त प्रोटिनसँग लड्ने एन्टिबडी पनि देखिएको र यो दोस्रो डोज दिएपछि बढेको पाइयो । ९० प्रतिशतमा भाइरस विरुद्ध काम गर्ने एन्टिबडी पहिलो डोजपछि नै देखिएको थियो ।

दोस्रो डोज दिएपछि सबै स्वयंसेवकमा न्युट्रिलाइज गर्ने एन्टिबडी देखिएको शोधपत्रमा उल्लेख गरिएको छ । यी दुबै मिलेर नै शरीरलाई सुरक्षा दिन्छ । पहिलेका अध्ययनमा एन्टिबडी केही महिनामा समाप्त हुन पनि सक्ने तथ्य आएको तर टी सेल्स बर्षौसम्म शरीरमा रहन सक्ने सोधमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.