जब वालुवाटारको ब्यस्त सडकमा अष्ट्रिज नाच्यो…

ताजा समाचार

काठमाडौं । काठमाडौं वालुवाटारको ब्यस्त सडक मंगलबार बिहान एकाएक जाम भयो । न्यून सवारी साधन चल्दा पनि सडक जाम हुनु अनौठो मानिरहेका यात्रुले जब मध्य सडकमा अष्ट्रिज उफ्रिरहेको देखे अनि हाँसो थाप्नै सकेनन् ।

निरन्तरण झरी परिरहेका बेला बिहान ११ बजेतिर सडकमा अस्ट्रिच अतालिएर कुदिरहेको थियो । तर्सिरहेको थियो ।जोडी वा समूहमा रहने अस्ट्रिचहरु एक्लै हुँदा असुरक्षित महसुस गर्ने गर्छन । त्यही भएर एक्लो अष्ट्रिज सडकमै अलमलिएको थियो । नाचे जस्तो गरिरहेको अष्ट्रिज हेर्न मानिसहरु झुम्मिएका देखिन्थे ।

अनि यात्रु तथा बटुवाहरु चाहिं फोटो–भिडियो खिच्दै हाँस्न ब्यस्त देखिए । सडकमै यता उता गरिरहेको अस्ट्रिचले गाडीहरु रोकिएका थिए । गाडीको हर्नका कारण अस्ट्रिचले कता जाने मेलोमेसो नपाएर सडकमा दौडिरहेको देखिन्थ्यो । अष्ट्रिज हेर्नकै लागि सवारी साधन रोकिएका कारण त्यहाँ ट्राफिक जाम भएको थियो । स्थानीयका अनुसार नजिकै रहेको एक रेस्टुरेन्टले पालेको अस्ट्रिच बाहिर निस्किएको हो । पछिल्लो समय नेपालमा मासुका लागि अस्ट्रिचको व्यावसायिक पालन नै भइरहेका छन्।

यो पनि -कोरोना महामारीबाट नेपालमा थप एकजनाको मृत्यु, कुल संख्या ४१ पुग्यो

काठमाडौं । कोरोना महामारीबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएको हो । जानकारी अनुसार उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको थियो । ति कोरोना संक्रमितको ज्यान गएको कुरा अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले पुष्टि गर्नुभयो ।

गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो । गम्भीर बिरामी भएर अस्पताल आएका उनलाई आईसीयू केयरमा उपचार गर्दै पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.