लामो दूरीका यातायात भदौ १ गतेदेखि खुल्ने

ताजा समाचार

काठमाडौं– सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ । भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यसैगरी साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने उनले जनाए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा होटल सञ्चालन गर्न दिने निर्णय गरेको उनले बताए ।

यसैगरी बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी दिए । यस्तै घाइते, अशक्त र मृतकका परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने बैठकले निर्णय गरेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.