साउन ८ गतेबाट विद्यार्थी भर्ना खुल्ला गर्ने सरकारको यो निर्णय कतिको उचित हो आ-आफ्नो बिचार राख्नुहोस्

ताजा समाचार

काठमाडौँ । सरकारले साउनको पहिलो हप्तापछि विद्यार्थी भर्नाका लागि प्रारम्भिक तयारीको प्रक्रिया सुरु निर्णय गरेको छ।सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले साउनको पहिलो हप्तापछि विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय गरेको हो। बैठकले तत्काल विद्यालयहरु नखोले पनि अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ।

त्यसका लागि साउन ८ गतेबाट १५ गतेसम्म सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय पुग्नुपर्नेछ। तर कतिपय विद्यालयहरुमा क्वारिन्टन समेत भएको हुँदा त्यसका लागि व्यवस्थापनको तयारी गर्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ।

एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस चलाउन दिने सरकारको निर्णय

मन्त्रीपरिषदको बैठकले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले यसबारे निर्णय गरेको हो ।

सामाजिक दुरी कायम राख्नुका साथै स्वास्थ्य सर्तकता अपनाउँदै छोटो दुरीमा अन्तर जिल्ला यात्रुबहाक बस सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

यस्तै आगामी भदौ १ गतेदेखि सरकारले हवाई उढानपनि थाल्ने भएको छ ।यसैबिच सरकारसँग विभिन्न माग राखी बस सञ्चालनमा असहयोग गर्दै आएका यातायात व्यवसायीहरु पनि सार्वजनिक बस सञ्चालन गर्न सहमत भएका छन् ।त्यस्तै सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले जानकारी दिए ।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ ।यस्तै – भदौ १ बाट आन्तरिक तथा बाहृय हवाई उडान खुला गर्ने निर्णय

काठमाडौं । कोरोना फैलन नदिन सरकारले लागू गरेको लकडाउनका कारण पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतबाट खुल्ने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

कोरोना भाइरस फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो ।

काठमाडौं लगायत जिल्लाहरुमा समेत लकडाउन खुकुलो हुँदै गएपछि पर्यटन क्षेत्रको सबैभन्दा धेरै महत्व राख्ने उड्डयन क्षेत्रलाई पनि संचालन गर्नुपर्ने दवाव परेको थियो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्र प्रभावित भएको छ । नेपालको ठूलो आम्दानीको श्रोत भनेकै पर्यटन र रेमिट्यान्स हो ।तर आन्तरिक र वाह्य उडान बन्द भएका कारण अहिले दुवै क्षेत्र प्रभावित भएको हो ।

पछिल्लो समय पर्यटन क्षेत्र निकै राम्रो हुँदै थियो । हवाई उडानहरु पनि थपिएका थिए । तर कोरोना फैलन नदिन सरकारले लागू गरेको लकडानका कारण हवाई उडान ठप्प हुँदा पर्यटन क्षेत्र धरासायी भएको भन्दै ब्यवसायीले तत्काल खुलाउन माग राख्दै आएका थिए । पटक पटक मन्त्री भट्राई संग ब्यवसायीहरुले यस्तो माग राखेपछि मन्त्रालयका तफएवाट भदौ १ गते हवाई उडान खुलाउने प्रस्ताव मन्त्री परिषदमा लगिएको हो । हवाई उडान ठप्प भएका कारण कर्मचारीलाई तलब समेत दिन नसक्ने अवस्थामा पुगेको भन्दै निगमले करार कर्मचारी समेत हटाएको छ । झण्डै डेढ सय कर्मचारी एकै पटक निकालिएको हो ।

नेपालले भिजिट नेपाल ट्वान्टी ट्वान्टी जस्तो २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना बनाएकै समयमा लकडाउन लागू गरेको हो । जसका कारण ठूलो लगानी पनि खेर गएको थियो ।

मन्त्री भट्टराईलेआन्तरिक उडान साउन २१ गते देखि सञ्चालनमा ल्याउने र अन्तर्राष्ट्रिय उडान भदौ १ गतेबाटै सुरु गर्ने योजना बनाएर मन्त्रीपरिषदमा लगेको भएपनि भदौ १ वाटै सर्ब उडान सञ्चालन गर्ने निर्णय मन्त्रीपरिषदले गरेको हो । वार्षीक ८० अरव रुपैया पर्यटन उद्योगवाट आम्दानी हुने गरेको र आधा वर्ष ठप्प हुँदा करिब ४० अर्व रुपैया पर्यटन क्षेत्रमा मात्र क्षती पुगेकोछ । बताएका छन् ।

उनले अब एक दशक भित्रै फेरी पर्यटन वर्षलाई सञ्चालन गर्ने योजना रहेको बताएका छन् । अबको कार्यक्रम यो वर्ष पर्यटन वर्ष भनेर होइन की एक दशकमा पर्यटन क्षेत्रका ठिूला पुर्वाधार निर्माण गरिसक्ने पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.