बल्ल खुल्यो : को हुन् भाइरल तस्वीरका यी दुई ?

ताजा समाचार

काठमाडौ । केही दिनदेखि एउटा तस्विर खुबै भाइरल छ । प्रदेश–३–०२–००१ ब–१४१२ नम्बरको सरकारी मोटरसाईकलमा सबैको आँखा पुग्ने पोसाक लगाएकी युवती सहित एक युवक देखिन्छन् । उक्त तस्विर काठमाडौको बबरमहलमा लिइएको खुल्न आएको छ । तर अहिले यो तस्विरलाई अनेकौँ स्थानमा गुडिरहेको जस्तो देखिनेगरी इडिट गरेर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती बनाएका छन् । जसकोपनि फेसबुकमा हेर्यो यही तस्विर पोष्ट भएका छन् ।

तस्विरमा अनोकौँ अड्कलबाजी लगाइएको छ । सरकारी कर्मचारीकी श्रीमती चै बबाल नै रहिछन् । साथीकी ग्रलफ्रेण्ड चै हो क्या । यस्तै यस्तै अनेकौँ प्रतिक्रिया देख्न सकिन्छ । अत्यन्तै सस्ता खालका यही उल्लेख गर्न नमिल्ने शब्दपनि छन् । तर उक्त मोटरसाइकलमा सावर यी दुई जना को हुन् भन्ने खुल्न आएको छ । उनीहरु धादिङस्थित गल्छी गाउँपालिकाका कर्मचारी भएको पत्ता लागेको छ । मोटरसाइकल सोही गाउँपालिकाको नाममा दर्ता भएको छ।

मोटरसाइकलमा सवार पुरुष र महिला सोही गाउँपालिकामा कार्यरत इञ्जिनियर र सव–इन्जिनियर रहेको खुल्न आएको छ । उनीहरु केही महिनाअघि मात्रै जागिरे भएको उल्लेख छ । उनीहरु प्रशासनिक कामले काठमाडौं आएका बखत मोटरसाइकलमा सँगै हिँडेका थिए । उनीहरु सिट रोल (सरकारी कर्मचारीलाई दिइने संकेत नम्बर) को कामले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग विदा मागेर गत बिहीबार काठमाडौं आएको खुलेको छ ।

निजामति किताबखानातर्फ जाने क्रममा कसैले पछाडिबाट तस्वीर खिचेका थियो । तस्वीर कसले खिचेको हो भन्ने खुलेको छैन । तर, यसलाई भाइरल गराउने काम चाहिँ पूर्वसचिव भीम उपाध्यायले गरेका थिए । एक लाखभन्दा बढी फलोअर्स भएका उपाध्यायले ‘सरकारी मोटरसाइकलको दृश्य’ भन्दै तस्वीर पोष्ट गरेको केहीबेरमै फेसबुकभरि फैलिएको थियो । पूर्वसचिव उपाध्यायले भने आफूलाई एकजना साथीबाट इनबक्समा सो तस्वीर प्राप्त भएको र सरकारी मोटरसाइकलमा त्यस्तो लुगा लगाएर हिँडेको देख्दा अलि अनौठो लागेर पोष्ट गरेको हो । एकैछिनमा भाइरल भयो,’ उनले भने ।

केहीबेरमा उपाध्यायलाई सम्वन्धित व्यक्तिले फोन गरेर तस्वीर हटाउन आग्रह गरेपछि उनले हटाए । तर तस्विर सामाजिक सञ्जालमा फैलिसकेको थियो । अहिले त अनेकौ अवतारमा यी तस्विर फैलिरहेका छन् । यसैले सार्वजनिक स्रोत साधन र पद धारण गरेका व्यक्तिले धेरै कुरामा ख्याल गर्नुपर्छ भन्ने कुरा यो घटनाले देखाएको छ ।

Leave a Reply

Your email address will not be published.