ओलीको विरोध गर्नेलाई उनकी पत्नी राधिकाको टिप्पणी, ‘बुढो दिमागलाई षडयन्त्रमा लगाउनुभन्दा राम्रो काममा लगाउनुस्’ (भिडियो हेर्नुस्)

राजनीतिक

काठमाडौं । सत्तारुढ दल नेकपा भित्र यतिबेला विवाद उत्कर्षमा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी भित्रै एक्लिएका छन् । ओलीलाई पार्टीकै मुख्य नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष छोड्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले दुवै पद नछाड्ने अडान लिएका छन् । प्रधानमन्त्रीलाई कसरी पार्टी अध्यक्ष र प्रधानमन्त्रीवाट राजिनामा गराउन बाध्य पार्न सकिन्छ भनेर मुख्य नेताहरुको घरमा गुट भेला भइरहेका छन् ।

कहिले नेता माधव कुमार नेपालको कोटेश्वर स्थित घरमा त कहिले पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेला र बैठक भइरहेका छन् । तर पनि प्रधानमन्त्री ओली टस का मस भएका छैनन् । उनले आफु कुनै पनि पद छाड्ने पक्षमा नरहेको अडान राख्दै आएका छन् । यसै बीचमा राजनीतिक घटनाक्रमलाई नजिकवाट निकालीरहेकी धर्मपत्नी राधिका शाक्यले पनि कडा टिप्पणी गरेकी छन् । टिप्पणी गर्नमा प्रधानमन्त्री ओली निकै अगाडी छन् । उनको टिप्पणी र अभिब्यक्तिको चर्चा हुने गरेको छ ।

प्रधानमन्त्री पत्नी राधिकाले राजनीतिका विषयमा सार्वजनिक रुपमा अभिब्यक्ति दिएको त्यती देखिदैन । तर अहिले एउटा भिडियो सार्वजनिक भएको छ जसमा उनले प्रधानमन्त्री ओली विरुद्ध गतिविधि गर्ने राजनीतिक नेताहरुका बारेमा तिखो टिप्पणी गरेकी छन् । उनले प्रधानमन्त्री विरुद्ध नेताहरु बेकारमा कुदिरहेको भनेकी छन् । उनले कसैको नाम नलिएरै ओलीको राजीनामा माग्ने नेताहरुतर्फ संकेत गर्दै उनले बुढो दिमागलाई खियाउँदै बैठक र भेला गर्न यता र उता दौडिरहेको टिप्पणी गरेकी छन् ।

‘कहिले कहाँको मिटिङ कहिले कहाँको मिटिङ । बुढो दिमागलाई खियाको खियाई छ ,’ प्रधानमन्त्री पत्नी राधिका शाक्यले एक टेलिभिजनमा भनेकी छिन्, ‘बेक्कारको के कुदिराखेको होला ?’ अहिलेको कुदाई जनताको लागि केही काम नहुने बताइन् । सृजनात्मक कामका लागि केही नगरिरहेको बताइन् । विरोधी समुहको सक्रियतालाई बेक्कारको कुदाई भनेकी छिन् । त्यो कुदाई जनताको लागि कुनै काम नआउने टिप्प्णी गरिन् । उनले भनिन्, यो सुन्दा मलाई रिस पनि उठिरहेको छ दया पनि लागिरहेको छ ।

छुटाउनु भयो कि ? : माधव नेपालको साथ छोड्दै प्रचण्डले भने, ‘ओलीसँग मिल्नुको विकल्प छैन’

छुटाउनु भयो कि ? : नेकपा विवाद नयाँ मोडमा : पूर्व माओवादीवाट स्थायी समितिमा रहेका नेताहरुको छुट्टै भेलाले निस्कर्स निकाल्दै भन्यो, “ओलीसंग लम्पसार नपर्नुहोस’

Leave a Reply

Your email address will not be published.