न्यून चापीय रेखा नेपालतर्फ नजिकियो, आगामी २४ घण्टा मुलुकभर ठुलो वर्षा हुने

सूचना प्रविधि

काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाकोसमेत सम्भावना छ ।

त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ । विभागका अनुसार, हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको अवस्था छ ।

मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेको मौसमविद्ले बताएका छन् । यो रेखा जति नजिक आउँछ उति वर्षा बढ्ने भएकाले अब कम्तीमा तीन देशभर वर्षा व्यापक हुने मौसमविद्ले अनुमान गरेका छन् । मौसमविद्का अनुसार यो रेखा आइतबार राति नेपालतर्फ सरेको हो । यो जानकारी जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै विज्ञप्ति जारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published.