विदेशमा पनि लिपुलेक समेटिएको नयाँ नक्सा प्रयोग, नियोगका सबै कागजातमा पनि समेटियो

ताजा समाचार

काठमाडौँ । नेपालले भारतद्धारा अतिक्रमित नेपाली भूमी समेटेर जारी गरेको नयाँ नक्सा विदेशस्थित नेपाली नियोगहरुमा पनि राखिएको छ । यहाँका सरकारी कार्यालयहरुमा मात्र होइन विदेशमा रहेका कुटनीतिक नियोगका कार्यालयमा पनि नेपालको नयाँ नक्सा राखिएको छ । भारतद्धारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा र कालापानीको सम्पूर्ण भू–भागलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको हो । सो नक्सा जारी भएपछि भारतले विरोध जनाउँदै आएको छ ।

नेपालको भूमी भारतले मि चेको भन्दै लगातार वार्ताको प्रस्ताव राख्दै आएको नेपालको कुरा नसुनेर भारतले नेपाली भूमीमै मानसरोवर जाने वाटो बनाएर उद्घाटन समेत गरेपछि नेपालले पनि आप्mनो सबै भूमी समेटेर नयाँ नक्सा जारी गरेको हो । संविधान संसोधन मार्फत निशान छापमा समेत सोही नक्सा राखिएपछि विदेशी कुटनीतिक नियोगका कार्यालयहरुमा पनि सोही नक्सा राखिएको हो । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका आफ्ना सम्पूर्ण नियोगहरुलाई नयाँ नक्सा प्रयोगको लागि पत्राचार गरे पछि ति कार्यालयहरुमा नयाँ नक्सा राखिएको हो ।

नेपालको निशान छापमासमेत नयाँ नक्सा रहेको हुँदा विदेशस्थित नेपाली नियोग तथा राजदूतावासले आफ्नो कार्यालयको भवन बाहिर बोर्डमा नयाँ नक्सा समेटिएको ‘नेपालको दूतावास‘सहित निशान छाप’ पनि राखेका छन् ।

उक्त पत्राचार अनुसार विदेशमा ३० ओटा राजदूतावास, ३ ओटा संयुक्त राष्ट्र संघको स्थायी नियोगहरु (न्यूयोर्क, जेनेभा र भियना) र ६ ओटा महावाणिज्य दूतावास छन् ।
विदेशमा रहेका नेपाली दुतावासहरुमा नयाँ नक्सालाई समेट्नु पर्ने सम्पूर्ण कागज–पत्र र अन्य दस्तावेज, बोर्डलगायत स्थानमा नयाँ नक्सालाई समेटिएको छ । नियोगहरुमा सम्पूर्ण काम–कारबाहीमा पनि नयाँ नक्साको प्रयोग भइसकेको बताइएको छ ।

मन्त्रीपरिषद्को जेठ ५ मा बसेको बैंठकले ती तीन भूभागलाई समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने निर्णय गरे पछि निशान छापमा यो नक्सालाई समावेश गर्नलाई सरकारले संविधानको अनुसूची ३ संशोधन विधेयकलाई जेठ १८ गते सरकारले संसदमा दर्ता गरेको थियो ।

जेठ ३१ गते प्रतिनिधि सभाबाट नेपालको निशान छापमा नयाँ नक्सा राखिएको विधेयक सर्वसम्मतले पारित भए पछि सबै सरकारी कार्यालय र नक्सा प्रयोग हुने स्थानमा नयाँ नक्सा प्रयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published.