गोकुल बाँस्कोटाले ‘बनमा काँडा छ’ भन्दै गीत गाउँदा गायक भगवान भण्डारीले फर्काए यस्तो जवाफ

राजनीतिक

काठमाडौं । नेकपाका नेता गोकुल बाँस्कोटा आजकल सामाजिक सञ्जालमा निकै सकृय छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटा ट्वीटर र फेसवुकमा निकै सकृय छन् । राजनीतिक गतिविधिका विषयमा उनले आफ्ना धारणा सार्वजनिक गरिहन्छन् । उनले गरेका ट्वीट र स्टाटसहरुमा धेरै प्रतिकृया भने नकारात्मक आउँछन् । ७० करोड रुपैया घुस मागेको आरोप लागेपछि उनले सञ्चार मन्त्रीवाट राजिनामा दिएका हुन् । यद्धपी उनले आफु निर्दोष रहेको भन्दै कानुनी उपचार खोजेका छन् ।

हालै सामाजिक सञ्जालमा उनले लेखेको एक स्टाटस निकै चर्चित भएको छ । उनले गायक भगवान भण्डारीलाई सम्भदै नेकपामा देखिएको वर्तमान विवादलाई संकेत गर्दै गीतको लाइन लेखेका छन् । भगवान भण्डारीले गाएको गीत वनमा काँडा छ गीतको दुई लाइन लेखेर उनले गायक भण्डारीको याद गरेका हुन् ।

राजनीतिक विषयलाई ब्यग्य गर्न त्यो स्टाटस लेखेको भएपनि सो स्टाटसमा गायक भण्डारीले पनि जवाफ फर्काएका छन् । दुई जनाबीचको दोहोरी निकै रोमाञ्चक देखिएको छ । बाँस्कोटाले शनिवार लेखेको स्टाटस यस्तो छ । बाँस्कोटाले शनिवार ट्वीटरमार्फत दोहोरीको सुरुवात गरेका हुन् । उनले लेखे, ‘भगवान भण्डारी आजकल कहाँ छन् मलाई थाछैन। तर नेकपा उनले गाएको गीत जस्तै छ( तिमी धरान म भएँ चितवन, वनमा काँडा छ तर विरानो नसम्झ माया गाढा छ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य गरेर उनले यस्तो लेखेको भएपनि सामाजिक सञ्जालमा आफुलाई याद गरेपछि भगवान भण्डारीले पनि जवाफ फर्काएका छन् । भण्डारी यतिबेला अमेरिकामा छन् । उनले आफूलाई सम्झिएपछि व्यंग्‍यात्मक शैलीमै जवाफ फर्काएका छन् ।

फेसबुकमा लेखे, ‘म यतै औरीकातिर छु गोकुल जी, के गर्ने दोहोरीमा तपाईहरूलाई जित्न सकिएन क्यारे। बेला बेलामा फेसबुक पोष्टमा सम्झिराको हुन्छु हेर्दै गर्नुहोला। हुन त तपाईंलाई नसम्झने नेपाली को होला र ? मलाई र मेरो गीतलाई सन्झिनुभएकोमा धेरै धेरै धन्यवाद।’

पछिल्लो समय नेकपामा सत्ता समीकरणलाई लिएर विवाद चर्किएको छ। बाँस्कोटाले प्रधानमन्त्री ओलीको आलोचना गर्नेहरुको पनि आलोचना गर्ने गरेका छन् । उनले प्रधानमन्त्री ओलीकै कारण पार्टी एकिकरण भएको र उनलाई हटाउन नहुने धारणा राख्दै आएका छन् । उनी प्रधानमन्त्री ओलीका पृय पात्र हुन् । प्रधानमन्त्री केपी ओली पक्षीय नेता बाँस्कोटा नेकपाभित्रैको प्रतिपक्षी प्रचण्ड समूहविरुद्ध सामाजिक सञ्जालमा लेखिरहन्छन्। उनले शनिवार राखेको यो स्टाटसमा सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै रमाइलो मानेर हेरेका छन् । दुई जनाको दोहोरीमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि निकै धेरै प्रतिकृया दिएका छन् ।

Leave a Reply

Your email address will not be published.