रोल्पामा शिक्षिकाको कुटाईबाट १४ जना विद्यार्थी घाइते घाइते ,बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या

ताजा समाचार

रोल्पा : रोल्पामा शिक्षिकाको कुटाईबाट १४ जना विद्यार्थी घाइते भएका छन् । जिल्लाको रुम्टीगढी गाउँपालिका– ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाईबाट घाइते हुनेमा कक्षा १ मा पढ्ने देखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन् ।

घाइते मध्य भिमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हात आइतबार दाङको तुलसीपुर स्थित सहारा पोलिकिल्निकमा पलाष्टर गरिएको छ ।उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको र अनुहार हात समेत सुन्निएको छ ।

जोर्नीमा दबाब देखिएपनि केहि दिनपछि सुधार आउन सक्ने डाक्टर शर्माले बताउनुभयो । शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्दाधुन्ध लौराले कुटेको घाइते बालिका भिमकुमारी बाँठाले बताउनुभयो ।

‘विद्यार्थीहरु लाईन लाग्दै थिए । हामी पनि स्कुलमा आइपुग्यौं,’ बाँठाले भन्नुभयो–‘ मिसले किन ढिलो आयौ भनेर हामीहरुलाई लौराले दमादम हान्न थाल्नु भयो । अरु शिक्षकशिक्षिका हेर्न नसकेर अफिस तर्फ दौडीनुभयो ।’शिक्षिकाको कुटाईबाट घाइते हुने अन्य विद्यार्थीहरुमा कक्षा एकका प्रेम पुन, सहित सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्ती रहेका छन् ।

शिक्षिकाको कुटाईबाट केहि समय अघि कक्षा ३ मा पढ्ने नरबहादुको कानको जाली फुटेर सुन्न छोडेको विद्यार्थीहरुले बताएका छन् । घटना गएको जेठ १२ गते भएपनि आठ नम्बर वडाध्यक्ष भिमबहादुर घर्तीको रोहबारमा औषधी उपचार गर्ने सहमतीमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाइले जानकारी दिनुभयो । ्दुखाईका कारण रातदिन सताउने र लेख्नपढ्न समेत नसकेको अभिभावक प्रताप घर्तीले बताउनुभयो ।

याे पनि पढ्नुहोस्

ज्ञानेन्द्र शाहिको पक्षमा माईतिघरमा उर्लियो जनसागर (भिडियो सहित)

काठमाडौँ : ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही माथि प्रहरीले दिएको यातनाको चौतर्फी आलोचना भईरहेको छ । विना पुर्जी पक्राउ गरेर लछारपछार गरेर लागि निर्ममता पुर्वक कुटेको देख्दा सरकारकै निर्देशनमा कारवाही भएको डा. सुरेन्द्र भण्डारीको अनुमान छ।

उनले सरकार भ्रष्टचारमा लिप्त भएको भन्दै भने, ‘उनलाई पक्राउ गरी यातना दिएको हेर्दा सरकारले भ्रष्टचारको संरक्षण गरेको देखिन्छ। जुन प्रहरीले यस्तो हर्कत गरे सरकारले कडाभन्दा कडा कारवाही गर्नुपर्नेछ नगरे हामी सरकारविरुद्ध उठ्नेछौ।’

प्राप्त जानकारी आनुसार,शाहीलाई प्रहरी चौकीमा हात बाँधेर २० मिनेटसम्म लौराले कुटेर शरीर भरी निल डाम बनाइनु र हत्यारालाई जसरी हत्कडी लगाएर खान,पिसाव फेर्न समेत नदीई सुर्खेत देखि काठमाडौँसम्म सार्वजनिकबसमा लाइएको हो।

उनको हाल राज धानीको ट्रमा सेन्टरमा उपचार भईरहेको छ। उनको ठाउँको, हात, खुट्टा र ढाडमा पटक-पटक लाटीचार्ज भएको कारण चोटपटक धेरै लागेको छ।सुर्खेतमा आयोजित ‘नेपालको लागि नेपाली’ अभियानको कार्यक्रम चलिरहेको बेलामा गिरफ्तार गरिएको हो। बुधबार उनी लगायत नौ जना अभियान्तालाई प्रहरीले पक्राउ गरेको थियो।

ज्ञानेन्द्र शाही सहित अन्य अभियन्तालाई पक्राउ गरेको, भ्रष्टाचार र धुर्मुस सुन्तली फाउन्डेसनमाथि आक्रमण भएको र पशुपतिनाथको जग्गामा चर्च बनाइएको लगायत विरुद्धमा जेठ १८ गते माइतीघर मण्डलामा साढे १ बजे कार्यक्रम गरिएको थियो । उक्त कार्य क्रममा सर्बसाधारणहरुको ठुलै उपस्थिति थियो ।माइतीघर मण्डलाबाट हिडेको जुलुस बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published.