बेसीशहर–१, उदिपुरमा बस र जीप ठोक्किँदा एक महिलाको मृत्यु

ताजा समाचार

बेसीशहर–१बस र जीप ठोक्किँदा एक महिलाको मृत्यु , चालक सहित २ गम्भीर काठमाडौँ : आईतबार अपरान्ह लमजुङमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

बेसीशहर–१, उदिपुरमा बेसीशहरबाट भोटेओडारतर्फ जाँदै गरेको ना ४ ख २२८० नम्वरको बस र बेसीशहरबाटै दोर्दीको फलेनी तर्फ जाँदै गरेको ग १ ज ६५१९ नम्बरको जिप एकआपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएकी दोर्दी–७, फलेनीकी डोल्मा तामाङको मृत्यु भएको हो।उक्त दुर्घटनामा घाइते भएका फलेनीकै ६० वर्षिय फान्तबहादुर तामाङ र २५ वर्षिया सुकमाला तामाङको अवस्था गम्भीर रहेको छ ।

बताइएको छ ।जिपका चालक २२ वर्षिय विकास मझाकोटीसहित गम्भीर घाइते उनीहरुको चितवनमा उपचार भईरहेको छ भने बेसीशहर–३ की ४६ वर्षिया सुकमाया विकको जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

यो पनि हेर्नुहोश

आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकस्थित मर्स्याङ्दी नदीको ड्याममा सोमबार बिहान एक शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मर्स्याङ्दी नदीको ड्याममा मृत फेला पर्नेमा गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीका ईश्वर कुमाल रहेका छन्।मृत कुमाल गोरखा ठिमुरेश्वारास्थित रणसिङ दल गणमा कार्यरत नेपाली सेनाका हवल्दार रहेको बताइएको छ।

कुमाल ड्याममा भेटिएको बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।शवको पोष्टमार्टमका लागि दमौली अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Leave a Reply

Your email address will not be published.