बिहे भएको एक बर्षमै १९ बर्षकी सुप्रियाले गरिन् रहस्यमय आत्महत्या, श्रीमान बेहोस् (भिडियो)

ताजा समाचार

पोखरा १३ भद्रकालीमा भाडामा बस्दै आएकी १९ बर्षिय सुप्रिया लामिछानेले आफ्नै कोठामा आत्महत्या गरेकी छन् ।
गत बर्षमात्रै बिबाह गरेकी उनी बिहान खाना  छिमेकी दिदीहरुसंगै खाएर श्रीमानलाई अफिस पठाएपछि आत्महत्या गरेको बुझीएको छ ।

श्रीमानले मोबाईल बिर्सिएर घरमा करिब २ बजेतिर लिन आउँदा उनले ढोका खोलीनन् । झ्यालपनि बन्द थियो ।
झ्याल फोरेर हेर्दा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा देखेको छिमेकीले बताए ।

घटनापछि प्रहरी पुग्यो र ढोका फोरेर उनको शबलाई
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ भने उनका श्रीमान बेहोस भएका छन् ।

 

प्रधानमन्त्री केपी ओलीको जन्मथलो आठराई बजार भित्रको सडकको अवस्था (भिडियो सहित)

आकाशबाट पानी पर्दा जमिनमै खस्ने हो । बिहिवार आठराई संक्रान्तिबजार सहित विभिन्न स्थानमा राम्रै बर्षा पर्यो । संक्रान्तिबजारमा खहरे नै बग्यो । ढलान गरिएको सडकको रड निस्किएर पासो झै भएको छ । को कतिबेला अल्झिने हो, टुंगो छैन । बजार भित्र खहरे बग्नु, आकाशबाट पानी पर्नु मात्र होइन, ढलको अभाव र प्राथमिकतामा नपर्नु हो ।

आठराई प्रधानमन्त्री केपी अोलीको जन्मथलो पनि हो । समृद्ध नेपालको सपना देख्ने प्रधानमन्त्री अोलीले जन्मथलोलाई समृद्ध बनाउने सपना कहिले देख्लान् ! आठराई नआउने जोकोहीलाई लाग्ला आठराई समृद्ध छ भनेर, तर होइन ! आठराई संक्रान्तिबजारको सडकको अवस्थाले यहाँको सबै विकास निर्माणको पक्षको अवस्था कस्तो छ भनेर संकेत गर्दछ । यो सडक आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजार भित्रको सडक हो ।
अब हेर्नुस् पूरा भिडियो…

Leave a Reply

Your email address will not be published.