किन डिलिट गरियो एलिना चौहानको तिम्रो मायाले बाँधेर राखको भिडियो ?

ताजा समाचार मनोरंजन

इन्स्टाको फोटो गीतको फिमेल कभर भर्जन गरेर चर्चामा आएकी गायिका एलिना चौहान पछिल्लो समय तिम्रो मायाले बाँधेर राख बोलको गीतबाट झनै चर्चामा छिन् । सार्वजनिक भएको निकै कम समयमा ८ मिलियन भ्युज बटुलिसकेको यो गीतको भिडियो एक्कासि शुक्रवार डिलिट भएको छ या भनाँै युट्युवले हटाएको छ । यो भन्दा अघि इन्स्टाको फोटोमा पनि यिनले यस्तै समस्या भोगेकी थिइन् ।

इन्स्टाको फोटोको कभर एलिनाले वास्तविक सर्जकसँग सोधेर गाएकी थिइनन् । सायद उनलाई त्यो गीत हिट हुन्छ , भ्यु धेरै जान्छ , टे«न्डिङ आउँछ जस्तो पनि लागेको पनि थिएन जस्ले गर्दा रहरै रहरमा त्यो गीत गाईन र युट्युवमा अप्लोड गरिन् । तर गीत हिट भईदियो , टे«न्डिङमा आईदियो अनि सबैले मन पराईदिए । गीतको लोकप्रियता र भ्युज देखेर वास्तविक निर्माण टिमले एलिनाको गीतमा कपिराईट क्लेम ग¥यो र युट्युवले सो गीत युट्युवबाट हटायो ।

भिडियो डिलिट भएपछि एलिना रोईन पनि र केहि समयपछि भिडियोको रोयल्टी वास्वकि सर्जककोमा जाने गरि भिडियो पुन युट्युवमा फिर्ता पनि आयो । यो गीत गाएर चर्चित हुँदा धेरैले उनलाई चलेको गीतको कभर गाएर हिट भएकी पनि भने । यो घटनाबाट पाठ सिकेर एलिनाले अलि नचलेको गीत रोजिन तिम्रो मायाले बाँधेर राख । नसोधि गाउँदा पछिल्लो समय घटेको घटना नघटोस भनेर उनले तिम्रो मायाले बाँधेर राखका गायक श्याम कार्कीसँग अनुमति लिईन र गीत गाईन ।

एलिनाले गीत गाईसकेपछि हिट मात्र भएन भाइरल नै भईदियो । युट्युव टे«न्डिङमा पनि धेरै समयसम्म राजनै ग¥यो । टिकटकमा पनि भाइरल भयो र यसपछि थुप्रै कभरहरु पनि बने । युट्युवमा पनि निकै कम समयमा ८ मिलियन भ्यूज पुग्यो । यसबीचमा नेपाल आईडलकी अस्मिता अधिकारीको स्वरमा यो गीतको अफिसियल म्युजिक भिडियो भनेर गायक श्याम कार्कीकै युट्युव च्यानलबाट अर्को भिडियो सार्वजनिक भयो ।

यो गीतको भिडियो सार्वजनिक भईसकेपछि एलिना चौहानको भिडियोलाई भने कपिराईट क्लेम गरेर युट्युवबाट हटाइयो । यसरी अनुमति लिएर गाउँदागाउँदै पनि , गीत सार्वजनिक भएको यति समयपछि गीत हटाउनाले गायिका एलिना चौहानले श्याम कार्कीसँगको मेसेजको स्क्रीन सट फेसबुकमा शेयर गर्दै गुनासो पोखेकी छिन् ।

Leave a Reply

Your email address will not be published.