चीनको कोइला खानीमा दुर्घटना हुँदा ५ को मृत्यु

ताजा समाचार

जेठ १५-

चीनको हुनान प्रान्तमा भएको कोइला खानी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पताल पु¥याइए पनि पाँच जनाको ज्यान गएको थियो । घाइते एक मजदुरको अस्पतालमा उपचार भइरहेको छ ।

लोङटान नगरको झिङलोङ कोइला खानीमा मंगलबार अपराह्न करिब ५ बजे उक्त दुर्घटना भएको थियो ।

प्रारम्भिक अनुसन्धानमा खानीको सुरुङभित्र एकाएक फैलिएको विषालु ग्याँसका कारण मजदूरहरु सख्त घाइते भएको देखिएको छ । ग्याँसका कारण सुरुङभित्र अक्सिजनको अभाव भएको थियो । स्थानीय सरकारले खानी दुर्घटना न्यूनीकरण गर्न आदेश दिएको छ । (रासस\सिन्ह्वा)

 

मलाई टेन्सन छ भन्दै पोखराको महेन्द्रपुलबाट मान्छे हाम्फाल्यो, अझै भेटिएन, प्रत्यक्षदर्शीले यस्तो बताए (भिडियो)

पोखराको महेन्द्रपुलबाट बुधबारराती एकजना सेती नदीमा हामफालेका छन् ।

स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले बुधबार राती अवेरसम्म खोजी गर्यो तर भेटाउन सकेन  । बिहीबार विहानैबाट शसत्र प्रहरी, नेपाली सेना तथा नेपाल प्रहरी र स्थानीयहरुले खोजि गरेपनि यो समाचार तयार पार्दा सम्म कुनै पत्तो लागेको छैन ।

हाम्फालेका व्यक्ति को हुन् भन्ने सम्म यकिन गर्न नसकिएको कास्की प्रहरी प्रवक्ता रबिन्द्रमान गुरुङले बताएका छन् । रामघाटबाट डुङ्गामा महेन्द्रपुलमुनी पुग्दा पनि केही नदेखिएपछि महेन्द्रपुलबाटै डोरीको सहायताले पनि तल गएर हेर्ने काम भएको तर केही नदेखिएको रेस्क्यू टिमले बताएको छ ।

प्रत्यक्षदर्शी जगन गुरुङका अनुसार मानिस हाम्फालेको सही भएको र हाम्फालेको केही सेकेण्डमै बजारिएको र चिच्चाएको आवाज सुनेको समेत बताए । हाम्फाल्ने मानिस नजिकै हुँदा हुँदै पनि समात्न नसकिएको र रोक्दा रोक्दै हाम्फालेको गुरुङले बताएका छन्

Leave a Reply

Your email address will not be published.