जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते

ताजा समाचार

डोटी – दिपालय सिलगढी नगरपालिका– ४ कुल्पातेमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दिपायलको तिखाबाट डडेल्धुराको कोरालखोला भन्नेठाउँमा जन्ती बोकेर जाँदै गरेको से २ त ३३२ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेको जिल्लामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य १३ जना घाइतेको दिपालयको राजपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा २४ जना सवार थिए ।

घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि हेर्नुहोश 

गीतकार दिलिप योञ्जन र लक्ष्मी योञ्जनद्धारा विपन्न विध्यार्थीलाई ३ लाख ५ हजार ४ सय सहयोग ।

<strong>काठमान्डाँै , जेष्ठ १४</strong>
अमेरिका निवासी , साहित्यकार तथा गीतकार दिलिप योञ्जन तामाङ र लक्ष्मी गुरुङ तामाङद्धारा काठमान्डाँैको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ तौलुङमा अवस्थित श्री जय भद्रकाली आधारभूत विद्यालयका ५२  जना विद्यार्थीहरुलाई पूर्ण भर्ना, विद्यालय पोशाक (ट्रयाकसुट र सर्ट पाइन्ट), जुत्ता (सेता र कालो), कपी कलम लगायतका ३  लाख ५ हजार ४ सय बराबरको छात्रावृत्ति उपलब्ध गराउनुभएको छ ।

गत शैक्षिक सत्रमा ५२ जना विद्यार्थीलाई उपलब्ध गराइएको पूर्ण छात्रावृत्तिलाई यस शैक्षिक सत्र  मा पनि निरन्तरता दिदै यस शौक्षिक सत्रमा पनी निरन्तरता दिइएको दिलिप योञ्जनले बताउनुभयो  । उहाँले विगत ३ वर्ष देखी सो विध्यालयमा अध्ययनरत बालबालिकाको लागी आर्थिक सहयोग गर्दैँ आउनुभएको छ ।

गरिबी कै कारण पढ्न लेख्नबाट बञ्चित नहुन भन्ने आफनो चाहना रहेको ले आफुले सहयोग गरेकोे उहाँले बताउनुभयो  । आफू सामुदायिक विद्यालयकै उत्पादन भएकोले पनि सामुदायिक विद्यालयमा पढ्न आउने केटाकेटीहरुको मनोविज्ञान र आर्थिक अवस्थाबारे राम्रो जानकारि रहेको बताउनुभयो  ।

ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउने वर्गका केटाकेटी अध्ययन गर्ने सामुदायिक विद्यालयमा यसरी यति ठूलो मात्रामा छात्रावृत्ति पाउनु भनेको केटाकेटीहरुलाई पढ्ने वातावरण सहज गराउनु निकै स्वागत योग्य काम भएको  विद्यालयका प्र.अ. बासुदेव थापाले बताउनुभयो ।

आगामी दिनमा पनि गीतकार तथा समाजसेवी दिलिप योञ्जनबाट आफनो विध्यालयका लागी सहयोग जुटने आशा बादी रहेको उहाँले बताउनुभयो

Leave a Reply

Your email address will not be published.