Categories
ताजा समाचार मनोरंजन

पल र बर्षाको साथमा हिमाल सागरको ए माया सार्वजनिक । 7 घण्टामा १ लाख बढी भ्यू । (भिडियो सहीत )

काठमाडौँ । लोकप्रिय गायक हिमाल सागरको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ए माया बोलको गीतको भिडियोमा पछिल्लो समयका चर्चित नायक पल शाह र सुन्दरी नायिका वर्षा राउतको दमदार अभिनय रहेको छ । किर्तिपुरको बिभिन्न भागमा छायाँकन गरिएको भिडियोमा पल शाह र बर्षा राउतको लोभलाग्दो केमेस्ट्री देख्न सकिन्छ ।

दीपक प्रसाद ओलीको शब्द शृजनामा अर्जुन पोखरेलले संगीत भरेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाको छायांकन तथा विकाश धमलाको सम्पादन रहेको गीतको भिडियो द डिभाइन म्यूजिक मार्फत बजारमा ल्याइएको हो ।

यसअघि बाजा बोलको गीत ल्याएका हिमालको बाजा गीत २६ लाख भन्दा बढीले हेरिसकेका छन । उक्त गीतलाईझै यो गीतलाई पनि दर्शक श्रोताले मन पराउने कुरामा हिमाल आशावादी रहेका छन । स्टेज कार्यक्रममा धेरै देखिने हुनाले पनि हिमालले डान्सिङ गीतहरु बजारमा ल्याइरहेका छन । अर्जुन पोखरेलसँग सहकार्य उनलाई फापेको पनि छ ।

आफै मोडल जस्ता देखिने हिमाललाई धेरैले आफ्नो भिडियोमा मोडलिङ गर्न सुझाव दिएका पनि थिए तर पनि उनले आफ्ना प्राय भिडियोमा चलेकै कलाकार राख्ने गरेका छन ।यसैको निरन्तरता स्वरुप यो भिडियोमा पल र बर्षा देखिएका हुन ।

 

अर्को पनि

चर्चित गीत म भन्दा निको भाग २ धेरै माया गर्ने मान्छे सार्वजनिक भएको छ । मेलिना राईको सुमधुर स्वरमा सजिएको प्रस्तुत गीतमा शव्द, संगीत, अरेञ्ज, भिडियो सम्पादन राज कुमारको रहेको छ । म भन्दा नि भाग १ लाई अत्याधिक श्रोता दर्शकले मन पराउनुभएको र युट्युवमा मात्रै झन्डै १ करोड हाराहारीमा दर्शकहरुले हेरिसकेकाले श्रोता दर्शकहरुकै चाहनामा भाग २ ल्याइएको हो ।

गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियोमा गरिएको हो भने मिक्सिङ चन्द्र चौधरीले गर्नु भएको हो । विष्णु खड्काको छाँयाकन रहेको भिडियोलाई एक्का कम्पनीको युट्युव च्यानलबाट अप्लोड गरिएको छ । पहिलाको गीत जसरी नै यो गीतलाई श्रोता दर्शकले मन पराउने कुरामा गीतको निर्माण टिम आशावादी रहेको छ ।

Leave a Reply

Your email address will not be published.