Categories
ताजा समाचार

काठमाण्डौको सुकेधारामा ग्यास सिलिण्डर विस्फोट २ जनाको ज्यान गयो

काठमाण्डौ – काठमाण्डौको सुकेधारामा ग्यासको सिलिण्डर विस्फोट हुँदा दुई जनाको ज्यान गएको छ ।

महानगरीय प्रहरी परिसरका सूचना अधिकारी श्यामलाल ज्ञवालीका अनुसार विस्फोटमा  परि ज्यान गुमाउनेको पहिचान खुलेको छैन ।

विस्फोटमा परि केही व्यक्ति घाइते भएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

अहिले घटनास्थलमा उद्धारको काम भैरहेको छ । घाइतेलाई टिचिङ अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोश 

काठमाण्डौ – काठमाण्डौको अनामनगरमा पनि विस्फोट भएको छ ।

विस्फोटमा एक जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । अनामनगरको विस्फोटमा घाइते भएका एकजनाको वीर अस्पतालमा उपचार भैरहेको छ ।

अनामनगरमा विस्फोट भएकै समयमा सुकेधारामा भएको विस्फोटमा २ जनाको ज्यान गएको छ । घाइते पाँच जनालाई उपचारका लागि ओम अस्पताल लगिएको छ । अलिहेसम्म ग्यास सिलिन्डर विस्फोट भएको या बम विस्फोट भन्ने खुल्न नसकेको पनि प्रहरी प्रवक्ता पोख्रेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.