Categories
ताजा समाचार मनोरंजन

वीर विक्रमका निर्देशक मिलन चाम्स एक करोड क्षतिपुर्ति माग गर्दैै हनुमानढोकामा । भिडियो सहित

नेपाली चलचित्रहरु बन्नेक्रम बढेसँगै र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नेपाली चलचित्रहरुको समिक्षा गर्ने प्रचलन पनि पछिल्लो चरणमा बढ्दै गएको छ ।
यसरी समिक्षा गरिँदा कतिपय चलचित्रहरुलाई फाईदा पुगेको छ भने प्राय चलचित्रहरुलाई घाटा लागेको देखिन्छ । छक्का पञ्जा ३ , प्रसाद , जात्रैजात्रा जस्ता चलचित्रहरुलाई समिक्षकहरुको राम्रो समिक्षाले फाईदा पुगेको थियो

भने लभ स्टेशन , दाल भात तरकारी तथा केहि चलचित्रहरुले समिक्षाको नराम्रो मार खेप्नु प¥यो । दाल भात तरकारीका निर्माता किरण के सी, लभ स्टेशनका नायका प्रदिप खड्का र ए मेरो हजुर ३ की निर्देशक झरना थापाले त मिडियामै आएर समिक्षक र उनीहरुले गर्ने समिक्षाको घोर विरोध नै गरे ।यसरी गरिने समिक्षामा कतिपय समिक्षकले नराम्रो कुरा पनि सभ्य शैलीमा भनिरहेका हुन्छन् भने कतिपयले रोष्ट शैलीमा अभद्र पाराले ।

यही रोष्ट शैलीको असभ्य समिक्षाको शिकार बन्यो पछिल्लो समय नेपाली हलहरुमा प्रदर्शनरत चलचित्र विर विक्रम ।मेम नेपाल नामक चर्चित पेजको युट्युव च्यानल मेम नेपालबाटै निर्माण भएर अपलोड भएको भिडियोलाई नेपाली स्ट्यान्ड अप कमेडियन प्रनेश गौतम लगायतको टिमले बनाएका थिए ।

द पि जि रिभ्यु नाम दिएर बनाइएको भिडियोमा विभिन्न गाली गलौज गर्दै , नायक पल शाह लगायतको मजाक बनाई चलचित्र हेर्न नजान अनुरोध गरिएको छ र यदि गईहाले पनि सस्तो टिकट हुने गुण र विश्वज्योतिमा जान भनिएको छ ।मेम नेपाल समुहले मजाकिया शैलीमा भिडियो बनाएको भए पनि विर विक्रम टिमले भने यो कुरालाई सिरियस रुपमा लिँदै हनुमान ढोकामा मेम नेपाल विरुद्घ केस हालेको छ ।

विभिन्न चलचित्रकमी पत्रकारहरु र विभिन्न संघ संस्थाको विशिष्ट व्यक्तिहरुको साथमा केस हाल्न गएको विर विक्रम टिमले ४ वर्ष जेल र एक करोड क्षतिपुर्ति पनि माग गरेको छ । मेम नेपालले आफ्नो पेजमा यो केसप्रति आफ्नो धारणा राख्दै भिडियो युट्युवबाट हटाईसकेको छ । साथै स्वतन्त्रताको कुरा पनि उठाएको छ । उता वीर विक्रमले टिमले छिट्टै पक्राउ पूर्जी जारी गरिने र अदालतमा मुद्घा चलाउने बताएको छ ।

https://www.youtube.com/watch?v=YxDYuOrssM8

 

Leave a Reply

Your email address will not be published.