Categories
ताजा समाचार

धरानमा एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार

१२ जेठ, काठमाडौं । धरानमा एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ । धरानको साउने भन्ने ठाउँमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो ।

गम्भीर घाइते उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको धरानका इन्सपेक्टर अशोक जबेगुले जानकारी दिए । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ ।

यो पनि हेर्नुहोश 

गायिका किशु गुरुङको आवाजमा    ‘ सोल्टिनी ज्यु’ भिडियो सहित ।

पुर्वेली लोक गीत संगीतको विकाशमा निरन्तर क्रियाशिल गायक जिविहाङ राई तथा गायिका किशु गुरुङको आवाजमा मौलिक पुर्वेली गीत बजारमा आएको हो । सार्वजनिक गीतमा मौलिक बाजा र संस्कृति झल्कने लोक लयलाई टप्पकै टिपिएको छ  ।

संगीतकार डि आर अटुको पुर्वेली गीत दिक्तेल बजार , एक्ले बर , चौबन्दी चोली ,गुडी जाने रेल ,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत ‘ सोल्टिनी ज्यु’ गीतको भिडियो बजारमा आएको छ ।

दिल दिवाना राईको गीतमा शब्द सिर्जना रहेको छ । मौलिक पनलाई गीतमा समेटेर पुर्वेली भाकाको विकाशका लागी केही योग्दान पुग्ने भन्ने विश्वास आफुलाई लागेको राईले बताए ।

नवराज उप्रेतिको छायाँकन , अमृत चापाँगाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ सोल्टिनी ज्यु’ गीतको भिडियोमा मरिष्का पोखरेल , उमेश राईको अभिनय तथा नृत्य रहेको छ ।
<strong>‘ सोल्टिनी ज्यु’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

https://www.youtube.com/embed/D6r3wx4I0JQ

Leave a Reply

Your email address will not be published.