Categories
ताजा समाचार मनोरंजन

प्रकाश सपुतको गलबन्दी च्यातियो । बोल माया टिमको अर्को सहकार्य । (भिडियो सहित )

बोल माया टिमको अर्को सहकार्य गलबन्दी सार्वजनिक भएको छ । प्रकाश सपुत र शान्ता श्री परियार स्वरको रहेको गीतमा शब्द संगीत प्रकाश सपुतकै रहेको छ भने संगीत सम्योजन कृष्ण बि क भान्जाको रहेको छ । प्रिज्म रेकोर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत मिक्सिङ श्याम श्वेत रसाइलीले गरेका हुन ।

त्यस्तै , भिडियोतर्फ भने अभिनय प्रकाश सपुत, अन्जली अधिकारी , दिप्लव बि क , कर्विन गैरे र अरुहरुको , श्रिंगार अनिमेश जोर्डनको , छायाँकन करण चैसिरको , सम्पादन कलर , प्रबिण भट्टको , मोसन ग्राफिक उत्तम कुमार कार्किको , पब्लिसिटी डिजाईन पवन सिम्खडाको रहेको छ साथै टेक्निकल सल्लाहकारमा राजेन्द्र अर्याल रहेका छन ।

भिडियोलाई र गीतलाई बोल माया गीतको अगाडिको भागको रुपमा चित्रित गरिएको छ । बोल माया गीतमा अन्जली अधिकारीलाई गर्भवति अवस्थामा देखाइको थियो भने प्रकाश सपुतको बैदेशिक रोजगारिको सिलसिलामा मृत्‍यु भएको थियो ।यो भागमा भने चाँही अन्जली अधिकारीको छोरा जन्मेर पनि अलि ठुलो भईसकेको र उस्मा बाबुको झझल्को आएको आएर अन्जली अधिकारी बिगतमा गएको देखाइएको छ । बिगतमा प्रकाश सपुत र अन्जली अधिकारीको गाउँ घरमा चाडपर्व अथवा विशेष दिनमा गाउँभरिकै मान्छेहरु भेला भएर गरिने रमाइलोमा गीत गाउँदा गाउँदै मायाप्रेम झांगिएको अवस्थालाई चित्रण गरेको छ ।

प्रकाश सपुतकै निर्देशन रहेको भिडियोमा निर्देशकले सानो सानो कुराहरुलाई पनि बिचार गरेर गाउँघरमा खेलिने रोधी , दोहोरीलाई निकै नै मौलिक तरिकाले प्रस्तुत गरेका छन । बिभिन्न सम्बादहरुको साथमा गीत र भिडियो दुबैलाई मनोरन्जनात्मक बनाउन खोजिएको छ भने गीतको सुरुवात र अन्त्यमा दर्शक श्रोतालाई भाबुक बनाउन पनि खोजिएको छ । भिडियो हेर्दा चलचित्रकै झझल्को हामीले देख्न पाउछौ । अन्त्यमा बच्चा गाउँबाट भागेको कुरालाई अत्यन्तै सस्पेन्स ढंगले छोडि बोल माया २ को घोषणा पनि गरिएको छ । सधैं फरक र नयाँ किसिमको काम गर्न रुचाउने प्रकाश सपुतको कथा भन्ने शैली हेर्दा र १५ मिनेटमा एउटा ठुलो चलचित्रले भन्दा बढी कथा भनिएको देख्दा भबिस्यमा उनले कुनै दिन ठुलो पर्दाको उत्कृष्ट चलचित्र बनाउँदा अचम्म नमान्दा पनि हुन्छ । यो गीत र भिडियोलाई पनि दर्शक श्रोताले मन पराउने क्रम बढीरहेको छ र यस्ले प्रकाश सपुतका बिगतका गीतहरुले झै सफलता पाउला नपाउला त्यो भने हेर्न बाँकी नै छ।

 

Leave a Reply

Your email address will not be published.