एजेन्सी । फेसबुकले जनवारीदेखि मार्च महिनाको बीचमा करिब २.२ अर्ब फेक एकाउन्ट हटाएको छ। फेक एकाउन्ट हटाएको यो अहिलेसम्मकै ठूलो रेकर्ड हो। योभन्दा अघि अक्टोबरदेखि डिसेम्बरसम्ममा १.२ अर्ब फेक एकाउन्ट हटाएको थियो।
संसारभरबाट मासिक फेसबुक एक्टिभ युजरको संख्या २.२८ अर्ब रहेको छ। यसमा २.२ अर्ब एकाउन्ट हटाउनलाई फेसबुकको ठूलो कदमका रूपमा हेरिएको छ। तर डेटाको सुरक्षा र फेक एकान्टका विषयलाई लिएर केही देशमा फेसबुकलाई आलोचना गरिएको छ। केही देशले फेसबुकमाथि कारवाही पनि गरेका छन्।
फेसबुकले तेस्रो कम्युनिटी स्ट्न्डर्ड रिपोर्टमा फेक एकाउन्टमाथि कारबाही हुने जानकारी दिएको छ। कम्पनीका अनुसार अब यस्तै रिपोर्ट वर्षमा चार पटकसम्म जारी गरिने छ। यस्तै रिपोर्ट इन्स्टाग्रामको पनि जारी हुने छ।
यो पनि हेर्नुहोश
गायक आर पि अवस्थिको नयाँ डेउडा गीत “कालो बादल” सार्बजनिक भएको छ ।
सार्बजनिक भएको गीतमा दिपक संगम बीसी, देवी घर्ति र पूर्णकला बीसीले अवस्थिलाई साथ् दिएका छन् । गीतमा गायक अवस्थिकै शब्द/रचना रहेको छ भने दिपक संगम बीसीको संगीत रहेको छ ।
यस्तै यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । बासु बरालले छायांकनअनि भिम थापाको निर्देशनमा रहेको भिडियोमा आर पि अवस्थि आफै लगायत रश्मी भट्ट ,दिपक संगम बीसी ,पशुपति खनाल, डोल बहादुर थापा र सुर्य मगरको अभिनय रहेको छ ।
भिडियोमा सुदुर पश्चिम्को इतिहासमै फरक धारमा बनाइएको गिति कथामा आधारित सुन्दर गाउँ गरिब तर सुखी परिवारको माया प्रेम, धनिहुने लोभमा साहुसंग ऋण निकालेर छोरा बिदेस पठाए पछि छोराको लास बिदेस बाट पर्काए पछि छोरीको बलात्कार गरि हत्या गरिएको कथा बस्तु लाई भिडियोमा देखाईएको छ
https://www.youtube.com/watch?v=A9LK38yE-yI&feature=share