Categories
मनोरंजन

कामभन्दा बढी गफ गरेपछि के हुन्छ, त्यो आँचल शर्मालाई हेर्दा थाहा हुन्छ !

कामभन्दा बढी गफ गरेपछि के हुन्छ, त्यो आँचल शर्मालाई हेर्दा थाहा हुन्छ । हिरोइनका रूपमा सम्झनलायक एउटा काम गरेकी हैनन् तर पारिश्रमिकदेखि फिल्मसम्ममा उनका पचाउन नसक्ने गफको कुनै सीमा छैन ।

भिडियोको भर
कहिले मल्टिस्टारर फिल्म नखेल्ने धम्की त कहिले चर्को पारिश्रमिक । फेरि त्यो हुनु नै थियो । अर्थात्, आँचल फिल्मविहीन रहनु । साँच्चै भन्ने हो भने ‘शत्रु गते’यता उनले राम्रो फिल्मबाट अफरै पाएकी छैनन् ।

रिलिज हुन लागेको ‘दाल भात तरकारी’ पनि उनले स्वस्तिमा खड्काले छाडेपछि पाएकी हुन् । तर, आँचललाई यो दुःखमा साथ दिएका छन्, म्युजिक भिडियोले । पल शाहसँग अफेयरमा रहँदाको फाइदा उनले भिडियो खेलेर लिएकी छिन् ।

पछिल्लो समय सम्भवतः प्रियंका कार्कीपछि आँचल धेरै म्युजिक भिडियो खेल्ने हिरोइन हुन् । तर, यो गर्वको कुरा पटक्कै होइन । धेरै हिरोइन म्युजिक भिडियो खेलेपछि हिरोइन हुन्छन् तर आँचलको ठीक उल्टो छ । डुब्नेलाई सिन्काको सहारा, आँचललाई भिडियोको !

Leave a Reply

Your email address will not be published.